Logo

कञ्चनरुपमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (भिडियो सहित)

                     
Logo २४ कार्तिक २०७८, बुधबार १९:३२    

२४ कात्तिक,कञ्चनरुप ।

कञ्चनरुपमा पनि छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइएको छ ।

छठ पर्वका लागि कञ्चनरुप नगर भित्रकाका पोखरीहरुमा व्रतालुहरु पुगेका थिए । कञ्चनरुपकोडिठ्ठा पोखरी ,नन्दलाल पोखरी कार्तिक पोखरी पुरनी पोखरी, देवीलाल पोखरी र पटवारी पोखरीमा विष्णु मन्दिर पोखरी र धारापानी लगायत पोखरीहरुमा छठ पर्वमा भक्तजनको भीड लागेको थियो भने यहाँका पोखरी दुलही झैं सजाइएको थियो ।

आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन व्रतालुले पानीमा उभिएर दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतवारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिई पूजापाठ गरिएको हो ।

सन्तान प्राप्ति , निरोगिता , सुख , समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावका प्रतीक छठ पर्व मनाइन्छ ।

https://youtu.be/MKiFKKSw1O8

 


लोकप्रिय छुटाउनुभयो कि ?