२२ फाल्गुन, फत्तेपुर।


सप्तरीको सप्तकोसी नगरपालिका नेकपा (एकीकृत समाजवादी) जनवर्गीय संगठन अखिल नेपाल महिला संघ ( समाजवादी )को भेलाबाट ५१सदस्य नगरपालिका स्तरीय कमिटी गठन भएको छ ।
सप्तकोसी नगरपालिका स्तरीय पार्टी कार्यकर्ता भेलाबाट यशोदा तामाङ्ग अध्यक्षतामा ३५ सदस्य अनेम संघ नगरपालिका कमिटी गठन भएको हो । कमिटीमा उपाध्यक्ष रेणुका थापा , सचिव सिता कुमारी सरदार ,कोषध्यक्ष मञ्जु राई, लगायतका पदाधिकारी रहेका छन ।

अनेम संघ को भेलामा नेकपा ( एस) को केन्द्रिय सदस्य उपेन्द्र नारायण साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने भेलामा तथा नेकपा ( एस) मधेश प्रदेश समितका सह सचिव नारायण प्रसाद आचार्य , मधेश प्रदेश समितका सदस्य दीप नारायण चौधरी, अनेम संघ ( समाजवादी ) की केन्द्रिय सदस्य अनारबत्ती चौधरी, समाजवादी प्रेस संगठन नेपाल केन्द्रिय सदस्य अम्बिका दहाल अनेम संघ की जिल्ला अध्यक्ष ममता चौधरी , समाजवादी प्रेस संगठन नेपाल शाखा सप्तरीका अध्यक्ष अनिल पोखरेल , नेकपा ( एस) जिल्ला कमिटी सदस्य पुष्प बन्जारा, लेखनाथ धिमिरे सहभागिता रहेको थियो । उक्त भेला नेकपा ( एस) सप्तकोसी नगर कमिटी अध्यक्ष फेकुलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।













