कञ्चनरूप ।


नेपाल उत्पीडित जातीय मुक्ति समाजको आयोजनामा आइतबार कञ्चनरूप नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको हाल सम्म लगत संकलन नगरेको भन्दै कञ्चनरूप नगरपालिकालाई ९ वुंधे ज्ञापन पत्र बुझाएका छन । कञ्चनरूप नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको हाल सम्म लगत संकलन नगरेको भन्दै दबाबमूलक कार्यक्रममा विभिन्न ९ वुंधे माग राख्दैन् प्रमुख ललन प्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृत रेणुका साहलाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएको नेपाल उत्पीडित जातीय मुक्ति समाजले जनाएको छ ।
नगर प्रमुख ललन प्रसाद गुप्ताले भूमिहीन तथा सुकुमबासीहरूको सन्दर्भमा राष्ट्रिय भूमि आयोग सँग समन्वय गरेर छिटो भन्दा छिटो कञ्चनरूप भित्रका सम्पूर्ण भूमिहीन तथा सुकुमबासीहरू लगत संकलन गर्ने लगायतको कार्य आगाडि बढ्ने बताए ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनरूप अध्यक्ष जगदेव सदाका अनुसार नगर भित्रका सुकुम्बासी आयोगले भूमिहीन तथा सुकुम्बासीका समस्याका विषयमा समस्या समाधान गर्न ध्यानाकर्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए ।












