Logo

कञ्चनरूपको गोरपारमा आगलागी २० लाखभन्दा बढीको क्षति

                     
Logo १५ मंसिर २०७९, बिहीबार २०:१३    

कञ्चनरूप । सप्तरीको कञ्चनरूप को गोरपारमा आगलागी २० लाखभन्दा बढी धनमाल जलेर क्षति भएको छ ।

जिल्लाको कञ्चनरूप नगरपालिका वडा नं. ११ गोरपारमा अर्जुन मण्डल र टेक नारायण मण्डलको घरमा आगलागी हुँदा नगद, गरगहना, अन्नपात, लत्ताकपडा, फर्निचर गरि २० लाखभन्दा बढीको क्षति भएको छ ।

स्थानीय अर्जुन मण्डलको दुई तल्ले काठको घर, गोठ, नगद १ लाख, सुन १ तोला, चाँदीको गहना २७ तोला, अन्नपात, लत्ताकपडा, फर्निचर र विद्युतीय सामाग्रीहरू पूर्ण रूपले जलेर नष्ट भएको र छिमेकी टेक नारायणको एउटा घर, २५ हजारको प्याईउड, अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

कञ्चनरूप नगरपालिकाका बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । विद्युतीय मिटर सर्ट भई भएको आगो लागेको  प्रहरीले जनाएको छ । 


लोकप्रिय छुटाउनुभयो कि ?