अम्बिका दहाल राजविराज । नेपाल पत्रकार महासंघ सप्तरीको ८५ लाखको लागतमा नवनिर्मित सभा गृहको मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहद्वारा उद्घाटन गरिएको छ ।


तिथि गृहको उद्घाटन गर्दै अर्थ मन्त्री साहले संघीयता विरोधी शक्तिहरूको उदयले संघीय शासन प्रणालीमा चुनौती थपिएको बताएका छन् ।
मन्त्री साहले देशमा राजनीतिक क्षेत्रमा देखिएको परिवर्तन शुभ संकेत नभएको बताए । संसद्मा परिवर्तन विरोधी शक्तिहरूको उपस्थितिले राम्रो संकेत गरेको छैन, मन्त्री साहले भने, प्रतिगामी शक्तिहरूको उदयले सङ्घीयतामा चुनौती थपिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था प्राप्तिका लागि पत्रकारहरूले गरेको योगदानको चर्चा गर्दै मन्त्री साहले फेरि संघीय व्यवस्थाको रक्षाको निम्ति पत्रकारहरूले आफ्नो कार्यक्षेत्रमा खबरदारी गर्नुपर्ने आवश्यकता आएको बताए । उनले सरकारले मधेश प्रदेश नामाङ्कन गर्नु प्रमुख उपलब्धिको रुपमा रहेको बताए ।

नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित अतिथि गृह उद्घाटन समारोहमा प्रदेश आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, महासङ्घका केन्द्रिय सदस्य ललिता कुमारी साह, पूर्व केन्द्रिय सदस्य अबधेश कुमार झा, शाखा सप्तरीका पूर्व अध्यक्षहरू विष्णुकुमार मण्डल, बैधनाथ झा, मुरली प्रसाद यादव, धिरेन्द्र प्रसाद साह, जितेन्द्र खड्गा, सल्लाहकार मनोहर पोखरेल लगायतका बिभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो ।
उक्त अतिथि गृह मधेश प्रदेश सरकारको ८५ लाखको लागतमा निर्माण भएको हो ।












