११ श्रावण , कञ्चनरूप। सप्तरीमा विद्युतीय मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक किसानको ज्यान गएको छ ।


अग्नीसाईर कृष्णासवरण गाउँपालिका ४ बनौलीमा बुधबार राती करेन्ट लागेर स्थानीय २५ बर्षीय मुकेश कुमार यादवको ज्यान भएको हो । मोटर चलाएर खेतमा सिँचाइ गर्ने क्रममा बुधबार साँझ उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेका मण्डललाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीले जनाएको छ ।












