Logo

कञ्चनरूपमा कर्मचारीहरूले गरे पेन डाउन 

                     
Logo २२ आश्विन २०८०, सोमबार १५:५९    

कञ्चनरूप । देशभरका स्थानीय तह कर्मचारीहरूले पेन डाउन गरे सँगै कञ्चनरूप नगरपालिकाका कर्मचारीहरूले पनि आजदेखि पेन डाउन गरेका छन् । स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समितिको आह्वान अनुसार अत्यावश्यक सेवा बाहेक सबै सेवा अनिश्चितकालको लागि बन्द गरेका हुन ।

संघर्ष समितिले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रिय कार्यक्रम अनुसार कञ्चनरूप नगरपालिकामा पनि अत्यावश्यक बाहेक सबै सेवा बन्द रहेको जानकारी  विज्ञप्तिमा उल्लेख छ ।  दबाबमूलक सङ्घर्षका कार्यक्रममा लाग्नु बाध्यता भएको भन्दै यसबाट सेवाग्राहीमा पर्ने असर प्रति क्षमा मागिएको छ ।

स्थानीय तहका कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवावाट हुनुपर्ने, स्थानीय सेवाबाट प्रदेश र संघीय निजामती सेवामा प्रवेश गर्न उमेर हद लागू हुन नहुने, समायोजन भएकाहरूको भविष्यलाई उचित सम्बोधन गर्नुपर्ने, अस्थायी तथा करारका कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने, ट्रेड युनियन अधिकारी पाउनुपर्ने लगायतका माग राखी काठमाडौं केन्द्रित आन्दोलनमा ऐक्यवद्धता जनाउदै  स्थानीय तहमा पनि दवाव मूलक कार्यक्रम सुरु गरेका हुन् । सप्तरीका अन्य स्थानीय तहका कर्मचारीले पेन डाउन गरेका छन् । 

 


लोकप्रिय छुटाउनुभयो कि ?