Logo

जनता समाजवादी पार्टी सप्तरीको समानान्तर समिति गठन

                     
Logo २२ कार्तिक २०८०, बुधबार २०:१३    

राजविराज । जनता समाजवादी पार्टी (जसपा) सप्तरीमा  उमेश यादवको संयोजकत्वमा समानान्तर समिति गठन भएको छ ।

जसपाका असन्तुष्टहरूको बुधबार राजविराजमा भएको भेलाबाट उमेश यादवको संयोजकत्वमा नयाँ कार्यसमिति बनाइएको उक्त पक्षले जनाएको छ

। संयोजकमा चयन भएका उमेश विष्णुपुर गाउँपालिकाका निलम्बित अध्यक्ष हुन् ।

असन्तुष्टहरूका सदस्यमा शशी देवी यादव, जिबछ मण्डल, चन्द्रनारायण यादव, पूजन राम, सन्तोष मण्डल, खुश्बु यादव सहित ५७ जना रहेका छन् ।

जसपाको बुधबार जिल्लास्तरीय भेला आयोजना गरिएको थियो । भेलामा पार्टी नेतृ एवं पूर्व मन्त्री रेणु यादव, पूर्व प्रदेश मन्त्री शैलेन्द्र साह, नेताहरू शम्भु झा, भीमराज यादव, दयानन्द गोइत, तारकेश्वर यादव सहितकाले सम्बोधन गरेका थिए ।  यसअघि जसपाका जिल्ला अध्यक्ष केदार प्रसाद यादवले सूचना जारि गरि भेला जिल्ला समितिको आधिकारिक नभएको भन्दै भेलामा सहभागि नहुन सम्पूर्ण नेता कार्यकर्तालाई निर्देशन समेत दिएका थिए । उनले असन्तुष्ट पक्षलाई भेला नगर्न तथा उक्त भेला अवैधानिक र केही व्यक्तिको स्वार्थपूर्तिका लागि हुन लागेको भन्दै स्थानीय नेता तथा कार्यकर्तालाई सहभागि नहुन सूचनामा जनाएका थिए ।

असन्तुष्ट पक्षले जिल्ला कार्य समितिकै ब्यानर राखेर ब्यापक सहभागितामा जिल्ला स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेपछि विवाद उत्कर्षमा पुगेको हो । जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित भेलामा जिल्ला, प्रदेश र केन्द्रसम्मका नेता सहभागि भए । असन्तुष्ट पक्षको भेलामा गत स्थानीय तहको निर्वाचनमा जसपाका तर्फबाट नगर प्रमुख तथा गाउँपालिका अध्यक्षका उममेदवार बनेका १८ मध्ये १३ पालिका उममेदवार पनि सहभागि थिए ।

भेलाका प्रमुख अतिथि जसपाकी राजनीतिक कार्यसमिति सदस्य एवं पूर्वमन्त्री रेणु यादवले आफूहरूको विद्रोह नेतृत्वमा देखिएको तानाशाही प्रवृत्ति तथा पार्टीलाई जीवन्तता प्रदान गर्नका लागि भएको बताइन ।

मधेश प्रदेश कमिटीका उपाध्यक्ष शम्भु झाले संगठन कसरी बलियो बनाउने भन्दा पनि नेतृत्वले आसेपासेलाई बलियो बनाउने तिर बढी ध्यान केन्द्रित गरेको र इमानदार कार्यकर्तालाई पाखा लगाउँदै गरेको आरोप लगाए ।

उमेश प्रसाद यादवको अध्यक्षतामा आयोजित भेलामा जसपा राजनीति समिति एवं मधेश प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, पूर्वसांसद डा। सूर्यनारायण यादव, जसपाका केन्द्रिय सदस्य दीपक यादव, जगदेव यादव, समाजवादी युवा संघका जिल्ला अध्यक्ष शिवम् यादव, युवा नेता निरज मुक्ति, सत्यनारायण यादव, मो। शबिर, निलेश झा, दयानन्द गोइत, भिमराज यादवलगायतले पनि नेतृत्वमा रहेको कमजोरीका कारण पार्टी धराशायी हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 


लोकप्रिय छुटाउनुभयो कि ?