Logo

सोसल मिडियाबाट अरुलाई के के असर पर्ने गरेको विषयमा अनुसन्धान गर्नुपर्ने

                     
Logo २२ कार्तिक २०८०, बुधबार २२:२१    

भुकम्पले जाजरकोटमा भत्किएका घर जाजरकोट , १८ कात्तिक : जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर शुक्रबार राती आएको भुकम्पले भेरी नगरपालिका-३ थाप्लेमा भत्किएका घरहरु । तस्बिर : हेमन्त केसी /रासस

कञ्चनरूप । जिल्ला प्रहरी कार्यालयका  सप्तरीका प्रमुख एसपी गजुसिदी  बज्राचार्यले सोसल मिडियाबाट अरुलाई के के असर पर्ने गरेको विषयमा अनुसन्धान गर्नुपर्ने भन्दै टिक टक र सोसल मिडियाहरू अहिले विश्व व्यापी मुद्दा रहेको र कतिपय देशहरूमा टिक टक लगायतका सोसल मिडियाहरू प्रतिबन्ध रहेको बताएका छन ।

सप्तरीको  कञ्चनरूप नगरपालिका ८ कञ्चनपुर बेरिएर स्थित अन्नपूर्ण बहुमुखी क्याम्पसको प्राङ्गणमा बुधबार नागरिक सुनवाई कार्यक्रमलाई सम्बोधन गर्दै  लागूऔषध र रक्सीका कारण ५० प्रतिशत अपराध बढेको बताएका उल्लेख गरे ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले आफूले गरेको सबै ठिक र अरुले गरेको बेठीक भन्ने संस्कार र प्रवृत्तिले समाजिक परिवर्तनमा समस्या आएको बताए ।  उनले लागूऔषध विषयमा प्रहरीले जनचेतना मूलक कार्यक्रमहरू गरिनै रहेको बताउँदै  कतिपय घटनाहरूको  अनुसन्धानमा केही समय लाग्ने बताए ।

कार्यक्रममा बोल्दै कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले जिल्ला प्रहरी कार्यालय सप्तरीले नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरेको भन्दै धन्यवाद व्यक्त गर्दै नागरिक स्तरबाट उठेको सवाललाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी दीपक कुमार रायले कार्यक्रमको बारे प्रकाश पार्दै प्रहरीलाई जिम्मेवार र उत्तरदायी बनाउन नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको बताए ।

अन्नपूर्ण क्याम्पसका प्रमुख सुदम्वर यादवले नागरिक सुनुवाइ कार्यक्रमले अपराध न्यूनीकरणमा मद्दत पुग्ने उल्लेख गर्दै कार्यक्रम परिणाममुखी होस भन्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा कञ्चनरूप नगरपालिकाकी नगर उप प्रमुख मुना कुमारी पोखरेल राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरीका प्रमुख अनुसन्धान उप निर्देशक सुरेन्द्र कोइराला, जिल्ला ट्राफिक कार्यालय शम्भुनाथका प्रमुख प्रहरी निरीक्षक मेदनी प्रसाद साह, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार, युवा विद्यार्थी, महिला, पूर्व प्रहरीहरूको उपस्थिति रहेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?