काठमाडौँ ।


आश्विन १३ गते २०७७ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

प्रवक्ता डा. गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५१३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५५ हजार ३७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७३१ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७२.६ प्रतिशत संक्रमित निको भएका छन् ।
हाल नेपालमा २० हजार ३९६ संक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ ।












