सर्लाही,


आश्विन २४ गते २०७७ ।
सर्लाहीमा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रशासन कार्यालयका ६जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एक जना प्रसासकीय अधिकृत लगायत जिल्ला प्रशासन कार्यालयका ५ जना कर्मचारी रहेको जिल्ला प्रशासन कार्यालयका प्रसासकीय अधिकृत राम प्रमोद यादबले जानकारी दिए । संक्रमण देखिए पछि एक हप्ता सम्मको लागि जिल्ला प्रशासन कार्यालय बन्द गरिएको छ ।
केहि दिन पहिला कार्यालयका एक जना नायव सुब्बामा कोरोना संक्रमण पुष्टि भएपछि बिहिवार २२ गते जिल्ला प्रशासन कार्यालयका कर्मचारी सहित ७१ जनाको स्वाब कोरोना परिक्षणको लागि संकलन गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमित भएपछि कोरोना जोखिमलाई न्युनिकरण गर्न असोज २५ गते आईतबार देखि ३० गते शुक्रवार सम्म सम्पूर्ण सेवावाहरू बन्द हुने गरी सूचना नै जारी गरिएको प्रसासकीय अधिकृत यादबले बताए ।












