Logo

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको दोस्रो दिन दीप प्रज्वलन

                     
Logo १२ मंसिर २०७७, शुक्रबार १२:४२    

राजविराज

मङ्सिर १२ गते २०७७ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको दोस्रो दिन सप्तरीका अधिकारकर्मीहरुले विहिवार साँझ दीप प्रज्वलन गरे मैनबत्तीले चोक उज्यालो पारे झै सबैको मन उज्यालो होस भनेर कामना गरे ।

“लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’’ भन्ने नारा सहित मानव अधिकारका लागि एकल महिला समूह सप्तरीको संयोजनमा भएको कार्यक्रममा एक दर्जन बढी संघ–संस्थाहरुको सहभागिता रहेको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका संयोजक तथा इन्सेक प्रतिनिधी मनोहर पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरुले हिंसामा परेर ज्यान गुमाएकाहरू प्रती समवेदना प्रकट गर्दै कार्यक्रममा भिएसओको सुनिल साह, एकल महिला समूहकी अध्यक्ष अनीता देवकोटा, प्रादेशिक कानुनी सहायता समितिकी कानुनी सहायता अधिकृत किरण साहले लैङ्गिक हिंसा विरुद्ध एकताबद्ध भएर काम गर्न झकझक्याउनकै लागि १६ दिने अभियान विशेष रुपमा मनाइएको बताउनु भयो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन थालेको संयोजक पोखरेलले जानकारी दिनुभयो । समितिमा इन्सेक, एकल महिला समूह, महिला अधिकार रक्षक सञ्जाल, सामुदायिक सेवा केन्द्र, जिल्ला बार इकाई, समग्र जनउत्थान केन्द्र, राजविराज जेसीज, मैथिल महिला परिषद्, प्रादेशिक कानुनी सहायता समिति, जिल्ला कानुनी सहायता समिति, हुर्क नेपाल, युथ सप्तरी, बाल क्लब, सञ्चार यात्रा, दहेज मुक्त मिथिला, नागरिक समाज, जेष्ठ नागरिक संघ रहेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?