कोशीटप्पु वन्यजन्तु आरक्षको संरक्षण, सम्वर्धन र ब्यवस्थापनका लागी स्थानिय सरकारले दिर्घकालिन योजना ल्याउन सकेन । नेपालको आरक्ष मध्येको पहिलो यो आरक्ष पूर्वी नेपालको सप्तरी, सुनसरी र उदयपुर जिल्लामा अवस्थित रहेको छ । सप्तरीमा सप्तकोशी, कञ्चनरुप नगरपालिका, उदयपुरमा वेल्का नगरपालिका र सुनसरीमा वराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिका गरी एक सय ७५ वर्ग किलोमिटर क्षेत्रफलमा अवस्थित आरक्ष पर्यटकीय हिसावले उद्गम मानिन्छ । २


[caption id="attachment_1936" align="alignleft" width="259"]
डम्वर राई[/caption]

०३२ सालमा स्थापना भएको यस आरक्षमा अनगिन्तीका चराचुरुङ्गी, सरीसृप, माछा, डल्फिन पाउनुका साथै ४० प्रजातीका जनावरहरु पाइन्छ । बंगलादेश, चिन, भारत लगायतका देशहरुबाट आउने गरेका फिरन्ते ५ सय २६ प्रजातीका चराचुरुङ्गीहरु र चार सय ८० प्रजातीका माछाहरु गोही, अजिङ्गर, सालक, लगायत विभिन्न सरीसृपहरुको बसोवास रहेको छ । यस्तै अर्नाका लागी योे आरक्ष मुख्य रहेको छ, त्यसो त यहाँ हात्ती, दुर्लभ चित्तल, हरीण, मृग, चितुवा, बँदेल,दुम्सी,स्वस,खरायो, स्याल, फ्याउरो लगायतका जनावर पाइन्छन् । सिमसार क्षेत्रका लागी अति उपयोगी मानिने यस आरक्षको अर्काे मुख्य बिषेशता छ रामसार क्षेत्रको । सन १९८७ मा घोषणा भएको यो पहिलो रामसार क्षेत्र यसै कोशीटप्पु वन्यजन्तु आरक्षमा पर्दछ । यहाँ काठ, दाउरा, खरी, घाँस पटेर जस्ता घरायसी काम काजमा प्रयोगहुने वस्तु प्रसस्त पाइन्छ । गोही, विभिन्न जातका सर्प, बिच्छी, रंगरंगका पुतली जातका र सरीसृप जातका कीटपतंग पनि यहाँ प्रसस्त पाइने गरेको कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षक अधिकृत रामदेव चौधरीले जानकारी गराएकाछन् । यस आरक्षको भूभाग बाहेक मध्यवर्ती क्षेत्रको रुपमा संरक्षित गर्दै आएको एक सय ७३ वर्ग किमी भूभाग भने मध्यवर्ती क्षेत्रमा पर्दछ । यस मध्यवर्ती क्षेत्रमा बफर्जन र मध्यवर्ती समितिले सम्पूर्ण काम गर्ने गरेको प्रमुख चौधरीको कथन छ ।
पर्यटकीय क्षेत्रमा ह्रास
पर्यटकीय हिसावले यो आरक्ष पूर्वी नेपालको एकमात्र मुख्य रुपमा आउछ तर यसको संरक्षण, सम्वर्धन जस्ता कार्यहरुको उचित व्यवस्थापन भएन । यहाँ विभिन्न किसिमको जनावर, पंक्षी, सिमसारक्षेत्र र नेपालकै ठुलो सप्तकोशी हेर्न यहाँ बर्षेनी बाह्य र भित्री गरेर हजारौंको संख्यामा पर्यटकहरु आउने गर्दथियो । तर पछिल्लो केहि समय यता पर्यटकीय क्षेत्रमा ह्रास आएको देखिन्छ कारण यसको संरक्षण, सम्बर्धन र ब्यवस्थापनमा कमी कमजोरी हुदै आउनु मुख्य मानिन्छ । दिनहुँ चोरी—तस्कर, शिकार तथा आरक्षको अतिक्रमण र खुल्ला चरीचरण जस्ता कार्य फस्टाउदै गएकाले यहाँका जीवजन्तु,वोटविरुवा लगायतका पैदावर मासिदै जानेक्रमले आरक्षको रमणियतामा कमी आउन थाल्यो संरक्षण अधिकृत चौधरीको दावी छ । पर्यटकीय प्रवर्धनका क्षेत्रमा हिजो राज्यपक्षले स्तरोन्नती गर्ने कार्यमा ठोस योजना निर्माण गर्न सकेन र आज स्थानिय सरकारले पनि यतातर्फ दृश्यावलोकन गरेको हाम्रो बुझाइमा नभएको स्थानिय बुद्धिजिवीहरुको कथन छ । पर्यटकका लागी सुलभ बासस्थान, उचित सुरक्षा, गार्डलाइन लगायत प्रवर्धनको विकास हुन नसक्नाले पर्यटकहरुको कमी हुदै गएको छ ।
संरक्षण, सम्बर्धन र ब्यवस्थापनबाट हुने फाइदा र यसको तरीका
यदि यसका विकासका लागी स्थानिय सरोकारवाला, सम्बन्धित पक्ष, उपभोक्ता, सुरक्षा निकाय र स्थानिय सरकार बीच समन्वय गरेर संरक्षण, सम्वर्धन र व्यवस्थापनमा जुट्ने हो भने यहाँ प्रसस्त पर्यटक भित्र्याउन सकिने सम्भावना छ । सप्तरी, सुनसरी र उदयपुर यी तीन जिल्लामा चार वटा नगरपालिका र एउटा गाउँपालिका गरी पाँच वटा स्थानिय सरकार यस आरक्ष क्षेत्रफलमा पर्दछ तर कुनैपनि स्थानिय सरकारले यसको लागी स्थाई ब्यवस्थापन तथा कार्यक्रम ल्याउन सकेको अवस्था छैन । दिर्घकालिन आयस्रोतसंगै सुन्दर सहरको परिकल्पना लिइएर पालिकाले आरक्षको उचित ब्यवस्थापनका लागी लगानी गर्न आवश्यकता छ । यसका लागी पहिला स्थानिय सरकार एक अर्कावीच समन्वय गरी गुरुयोजनाबाट स्थानिय सरोकारवाला पक्षलाई जुट्न प्रेरीत गराउदै अभियानकै रुपमा प्रस्तुत हुनुपर्छ । हो यहाँ पर्यटकीय क्षेत्रमा मात्र होइन अन्य स्रोतबाट पनि थुप्रै आम्दानी लिन सकिने सम्भावनाहरु छ जसबाट भविश्यमा यहाँका सयौं वेरोजगारीहरु रोजगारमुखी बन्ने छ । साथै स्थानिय व्यापार, कृषि, हाट बजारमा बृद्धि — विकासमा थप टेवा पुग्ने छ । त्यसो त किसानहरुको तर्क संगत रहेको अर्काे राम्रो पक्ष के हो भने आरक्षको संरक्षण, सम्वर्धन र उचित व्यवस्थापन हुदा त्यहाँ वसोवास गर्ने हात्ती, अर्ना, बँदेल आदी जनावर दिनहुँ नम्वरी आवादी तथा गाउँघरमा आई अन्नवाली खाई उखेली नष्ट गर्ने गतिविधि न्युन हुने छ । आरक्षको संरक्षण, सम्बर्धन र ब्यवस्थापन सम्भव भए धेरै पर्यटकहरु भित्रिने हुँदा यहाँबाट प्रसस्त आम्दामी संकलन भई सिंगो नगरपालिकाको समुन्नत विकासमा जोड पुग्ने छ ।












