Logo

अहिलेसम्म सर्वाधिक संख्यामा कोरोना संक्रमित पुष्टि

                     
Logo २१ आश्विन २०७७, बुधबार १६:३९    

कञ्चनरुप

आश्विन २१ गते २०७७ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । एकै दिन थप १५ जना कोरोना संक्रमितको ज्यान गएको छ । नेपालमा यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ७८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप १ हजार १ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ६८ हजार ६ सय ६८ जना उपचारपछि निको भएका छन् ।

हाल सम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या ९४ हजार २ सय ५३ जना पुगेको छ ।

२५ हजार ७ जना आइसोलेसनमा रहेका छन् ।

 


लोकप्रिय छुटाउनुभयो कि ?