Logo

नेपालमा थपिए ४ हजार ३ सय ६४ कोरोना संक्रमित

                     
Logo २२ आश्विन २०७७, बिहीबार १६:४१    

कञ्चनरुप आश्विन २२ गते २०७७ ।

नेपालमा थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ हजार ३ सय ६४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ६७५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?