कञ्चनरुप


आश्विन २२ गते २०७७ ।
आज थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १४ हजार १४ भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित निर्देशक विजय झाले जानकारी दिए ।

सबैभन्दाबढी कोरोनाबाट पर्सामा ४५, बारा १८, धनुषामा १८, सप्तरीमा १७, महोत्तरीमा १५, सिरहामा १४, सर्लाहीमा ९, रौतहटमा ७ र १ भारतीय नागरिकको मृत्यु भएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ४० रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ५० जना डिस्चार्ज भएका छन् ।
हाल सम्म प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४४ पुगेको छ ।












