Logo

३ बर्ष कैद सजाय तोकिएको फरार प्रतिवादी ११ बर्ष पछि पक्राउ

                     
Logo २३ आश्विन २०७७, शुक्रबार ०८:०१    

कञ्चनरुप,

आश्विन २३ गते २०७७ ।

११ वर्षअघि कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतबाट ३ वर्ष कैद सजाय फैसला भई फरार रहेका प्रतिवादीलाई विहिवार पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा महादेवा गाउँपालिका–४ का ४८ वर्षीय चन्दर राम रहेका छन । जिल्ला अदालतले २०५७ कात्तिक २७ गते तथा सर्वोच्च अदालतले २०६६ भदौ ८ गतेको फैसलाले उनलाई ३ वर्ष कैद सजाय सुनाएको थियो ।

विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई सप्तरी प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत हालसम्म १९४ जनालाई पक्राउ गरिएको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?