सप्तरीको कञ्चनरुप नगरपालिका वडा नब्वर ४ मा खानेपानी नर्माण हुने


डम्बर राई
कञ्चनरुप अश्विन २४ गते ।

सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ४ स्थित जगतपुरमा खानेपानी टङ्की निर्माण प्रक्रिया अगाडी बढ्ने भएको छ । आठ महिना अगाडी उपभोक्ता समिति गठन भई बोरिङ्ग जडान र पानी परिक्षण समेत सम्पन्न गरेर हिलटङ्की निर्माण कार्य संचालन गर्न प्रक्रिया बन्दैगर्दा लकडाउनले रोकिएको वडा अध्यक्ष राम नारायण प्रसाद साहले बताउँनु भयो । युनिसेफको ७५ प्रतिशत, नगरपालिकाको १५ प्रतिशत र उपभोक्ताबाट १० प्रतिशत जनश्रमदानको लगानिमा ३५ घनमीटरको उत्पादित खानेपानीको सम्पूर्ण काम भइसकेपछि दुई सय घरधुरी लाभान्वित हुने छ । कोशीटप्पुमा जोडिएको यस वडा सतहि हिसाबले पानीको स्रोत तथा चिस्यानी भएपनि हिउँदे महिनामा ट्युव्वेलमा पानी सुख््ने समस्या रहदै आएको साथै पानीमा आर्सेनिक लगायतका अशुद्धताका विकल्पमा युनिसेफसंग सम्झौता गरेर यो योजना ल्याइएको शनिबार आयोजित एक औपचारिक कार्यक्रममा जानकारी हुन आएको छ । ८० लाख, ३० हजार, नौ सय ३७ कुल लगानीमा निर्माण हुने खानेपानी योजनामा युनिसेफले ६० लाख, २३ हजार, दुई सय तीन खर्च गर्ने छ भने पालिकाले १२ लाख, छ सय ४० र जनश्रमदानको भागमा आठ लाख, तीन हजार त्रियानब्बे रहेको युनिसेफका प्रतिनिधि तथा सहजकर्ता विपि रौनियारले जानकारी दिइएका छन् । उनको अनुसार यहि आउदो पुष महिनाको अन्तिम सम्ममा टङ्ग्की निर्माण कार्य सम्पन्न हुनेछ । यसका लागि गठित समितिलाई केहि जानकारीसंगै उनिहरुको दायित्वको बारेमा जानकारी गराउँन आवश्यक देखिएकोले तीन दिवसिय तालिमको आयोजना गरिएको योजनाकी सामाजिक परिचालिका दूर्गा भट्टराईले बताउँनुभयो । खानेपानीका उपभोक्ता समितिका पदाधिकारीहरुलाई निर्माण पूर्वका तालिम भनेर आयोजना गरिएको उक्त तालिम २६ गते समापन हुने छ । तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनबाट नगर प्रमुख बसन्त कुमारले पानी प्राणी जगतका लागि जीवन्त भएकोले पानीको शुद्धिकरण हुनु नितान्त ठान्दै उहाँले भन्नुभयो—विभिन्नखाले रोगहरु उब्जिएकै पानीबाट हो । शुद्ध पानीका लागि जमिनको धेरै तल्लोभागबाट निकाल्ने साथै पानीलाई प्रशोधन गर्ने लगायतका विधिहरु अपनाउन नगरपालिकाले यस्ता जनचेतनामुलक कार्यक्रम गर्दै केहि योजना तथा परियोजना भित्र्याइएको जानकारी दिदै नगरप्रमुख कुमारले अब निकट भविश्यमै सबैले शुद्ध पानी भेट्नुसंगै पानीको अभावमा बस्नु नपर्ने बताउँनु भयो । खानेपानी तथा सरसफाईमा जबसम्म हामीले ध्यान पुर्याउँन सक्दैनौं तब हामीहरु स्वस्थ्य बन्न सक्दैनौं, सरसफाई नभए शुद्ध पानी भेटिदैन । समारोहमा उहाँले कोरोना संक्रमणबाट बच्न र बचाउन सबैको समान दायित्वको बोध गराउनुहुदै यसबाट बच्नका लागि स्वास्थ्यले गराएका विधिहरु अपनाउँन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो— शिक्षामा लकडाउनले बाधा पुर्याएको छ , पढाईमा बालबच्चाहरु कमजोर हुदै जादैछ , बिधालय खोल्ने परिस्थिति छैन यो अवस्थामा घरैमा सबै अभिभावकले पढाई गराउन र उनिहरुको पढाई प्रति ध्यान पुर्याउन जरुरी छ नत्र बालबच्चाहरु बिग्रन्छन् । त्यस्तै नगरपालिकाको अन्य बिकास कार्यहरु बारेमा पनि नगर प्रमुख कुमारले खुलासा गर्नभएको छ ।













