Logo

सप्तरीमा होम आइसोलेसनमा बस्दै आएकी कोरोना संक्रमित महिलाको मृत्यु

                     
Logo २५ आश्विन २०७७, आईतवार १४:४५    

राजविराज आश्विन २५ गते

सप्तरीमा आइतबार बिहान आइसोलेसनमा बस्दै आएकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट डाक्नेश्वरी नगरपालिका वार्ड नम्बर ७ ललितपुर पुर्ख्यौलीघर भइ हाल राजविराज वार्ड नम्बर ६ सिरहारोड निवासी ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचाररत महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

असोज २० गते परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनी राजविराजस्थित होम आइसोलेसनमा बस्दै आएकोमा आइतवार श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल गरे लगतै उनको मृत्यु भएको निमित्त प्रमुख यादवले बताए ।

मृतक महिला मधुमेह ,ब्लड प्रेशरलगायतका समस्यवाट समेत पीडित रहेको बताइएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । जिल्लामा हालसम्म १३ सय ८७ जनालाई संक्रमण पुष्टि भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?