Logo

२ हजार ७१ जनामा संक्रमण पुष्टि ,थप २२ जनाको मृत्यु

                     
Logo २५ आश्विन २०७७, आईतवार १६:४२    

कञ्चनरुप

आश्विन २५ गते २०७७ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ७१ जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या एक लाख ७ हजार ७५५ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ७५ हजार ८०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५५२ जना उपचारपछि डिस्चार्ज भएका छन् । नेपालमा ३१ हजार ३१५ संक्रिय संक्रमित रहेकाछन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?