कञ्चनरुप


आश्विन २६ गते २०७७ ।
सप्तरीको तिरहुत गाउँपालिका महिला हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

गत असोज १० गते तिरहुत गाउँपालिका वडा नम्बर २ मैनाकडेरीमा ५० वर्षीया दाइमन देवी यादवको हत्या भएको थियो ।
पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिक—११ ठेलियाका ५५ वर्षीय बमबहादुर साह, तिरहुत गाउँपालिका २ बस्ने २१ वर्षीय अजयकुमार यादव र ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव रहेको प्रहरीले जनाएको छ ।
मृतक महिलाकी देउरानीसँग ओमप्रकाशको अनैतिक सम्बन्ध रहेको र सो कुरा दाइमन देवीले थाहा पाउँदा ओमप्रकशले रिसइबी साँधेर उनको हत्याको योजना बनाएको खुल्न आएको छ ।
यस्तै, अर्का प्रतिवादी अजय यादव र मृतकबीच जग्गा विवाद देखिएको छ । मृतकको २ बिघा जग्गा अजय यादवको बुबाले २०४७ सालदेखि जोतभोग गर्दै आएकोमा विवादका कारण बाली नबुझाएको देखिएको प्रहरीले जनाएको छ ।
बमबादुर साह विगतमा मधेश मुक्ति टाइगर्स भन्ने सशस्त्र समूहमा संलग्न रही शिक्षक रामनारायण साहको हत्या गरेको अभियोगमा ८ वर्ष जेल सजाय भुक्तान गरी २ वर्षअघि छुटेका थिए । साहलाई ओमप्रकाश यादव र अजय यादवले हत्यामा संलग्न गराएको देखिएको प्रहरीको भनाइ छ । अनलाईन खबर सायोगमा












