कञ्चनरुप


आश्विन २६ गते २०७७ ।
पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्रालय जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार नेपालका विभिन्न जिल्लामा ४ हजार ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।
यस्तै प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४७३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या ७७ हजार २७७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आजसम्म ११ लाख ९१ हजार ५१४ जनाको पीसीआर विधिबाट कोरोना संक्रमणको जाँच गरिएको छ । नेपालमा ३३ हजार ८८० जना सक्रिय संक्रमित रहेका छन् भने ४ हजार ८३१ जना क्वारेन्टाइनमा रहेका छन् ।












