कञ्चनरुप


आश्विन २५ गते २०७७ ।
सप्तरीका सरकारी कार्यलयमा कोरोना सङ्क्रमित देखीन थाले पछि धमाधम कार्यालयहरु बन्द हुन थालेका छन ।

पछिल्लो पल्ट सप्तरीको रुपनी गाउँपालिका कार्यालयका तीन कर्मचारीसहित अन्य ११ जना कोरोना सङ्क्रमित देखी पछि सम्पूर्ण सेवाहरु एक साताकालागि बन्द गरिएको छ ।
यता ४ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भए पछि वुधवारदेखि नै कार्यालयको कामकाज वन्द गरिएको थियो ।
रुपनी गाउँपालिकाका कार्यालय सहयोगी दुई जना र अपरेटर सहायक १ जनामा आइतवार कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयका अन्य कर्मचारी, जनप्रतिनीधिकासाथै उनीहरुसँग जोडिएका व्यक्तिहरुमा सम्भावित संक्रमणको जोखिम रहेकोले परीक्षण गराउनुपर्ने भएकोले बाध्यतावश कामकाज ठप्प गरिएको गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिए ।
कर्मचारी विरामी पर्न थालेपछि त्रासका कारण वन्द भएको भूमिसुधार तथा मालपोत कार्यालय
सप्तरीका भएको छ ।
राजविराज स्थित राष्ट्रिय बाणिज्य बैंक ७ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।












