Logo

हटिया, बजारको अनुगमन नहुँदा सेवाग्राही ठगिमा

                     
Logo २५ आश्विन २०७७, आईतवार १८:१६    

कञ्चनरुप

आश्विन २५ गते २०७७ ।

लकडाउन खुल्यो, बिस्तारै हाट, बजार, कल कारखाना पनि । करीव छ महिनाको अवधिमा कोरोना संक्रमणले घरैभित्र थुनिएर बस्नु परेका जनजीवनले यतिबेला ठुलो कष्ट उठाउनु परेको छ । हाट, बजारमा सामानको दरभाउ चुलिएर छोइसक्नु छैन । पसलपिच्छेको फरक फरक दरभाउ, यतिमात्र होइन व्यक्ति हेरेर सामानको मुल्य तोकिने गरेको ग्राहकहरु बताउँछन् । लकडाउनले गर्दा सामानको भाउ बढेर गयो यसरी अनाधिकृत मुल्यमा बिक्री वितरण भइरहँदा पनि सम्बन्धित पक्षलाई चासो नै छैन । दशैं नजिकिदै आइरहेको अवस्थामा झनै हाट, बजारले उपभोक्ताको घाँटी थिच्ने काम भएकोले हाट, बजारमा पारदर्शी होडिङ्गबोर्डको व्यवस्था गरिदिए मुल्यमा एकरुपता आउने उपभोक्ताहरुको भनाईरहेको छ । पालिकाले हाट, बजारीकरण हुने सामानको मुल्य निर्धारण गरेर सार्वजनिक गर्नुपर्ने हो तर यो व्यवस्थापन गरेको पाइएन । बेलाबेलामा हाट, बजारमा अनुगमन कार्य नअपनाउँदा मुल्यको मात्र होइन गुणस्तरहीन सामान बिक्रि वितरण भइरहेको छ । कतिपय समयम्याद नाघेका र दुई नम्बरी समानहरुसंगै नापतौलमा पनि आफुहरु ठगिने गरेको सेवाग्राही बताउँछन् । हटियामा तरकारीको एकरुपता छैन, ओल्लो छेउ र पल्लो छेउको एकै किसिमको तरकारीमा पनि दरभाउ भिन्नता पाइन्छ । सडकमा सवारी साधनहरु चल्न थाल्यो, ईन्धनमा खासै मुल्यबृद्धि भएको छैन तर ढुवानीमा ब्यापक बृद्धिका कारण यसको असर सबै सामानमा पर्न गएको केहि सरोकारवालाहरुको आकलन छ । सवारी साधनमा पनि लकडाउन पूर्वको भन्दा दोब्बर भाडा लिने गरेको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ बस्ने पवित्रा मगरले बताइन् । उनले भनिन्—एक सय चालिस रुपैयाँमा गाइघाट गइन्थ्यो अहिले त दुई सय पचास रुपैयाँ रे । लकडाउनले व्यापारीलाई कुनै असर पारेको छैन किनकी महँगी बनाएर उनिहरुले धमाधम असुल्दैछन् मर्ने त हामी सर्व साधारण मात्र हौं वडा नम्बर १२ का कृष्ण प्रसाद चौहानको गुनासो छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?