Logo

सप्तरीमा कोरोनाबाट थप २को मृत्यु : मृतकको संख्या २२

                     
Logo २७ आश्विन २०७७, मंगलवार २१:०८    

कञ्चनरुप,आश्विन २७ गते २०७७ ।

सप्तरीमा कोरोना संक्रमणका कारण २ जना संक्रमितको मृत्यु भएको छ ।

तिरहुत गाउँपालिका ३ का ४६ वर्षका वडा सदस्य र राजगढ गाउँपालिका ६ का एक पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

सप्तरीमा पहिलो पटक जनप्रतिनिधिको मृत्यु भएको छ । वडा सदस्य क्यान्सर रोगवाट पीडित रहेको जनाइएको छ । वडा सदस्य सोमवार चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्र्रमुख यादवले जानकारी दिएका हुन ।

यसैगरी मंगलवार राजगढ गाउँपालिका ६ का एक पुरुष जनकपुरमा उपचार गराईरहेका थिए । उनको शव ल्याउन एम्वुलेन्स पठाईएको र थप विवरण संकलन भईरहेको कार्यालय प्रमुख यादले वताए ।

यो सहित सप्तरीमा कोरोनाका कारण मर्नेको संख्या ३ महिलासहित २२ पुगेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?