Logo

मानपुर चौधरीलाई कोरोना पुष्टि ः श्वास फेर्न गाह्रो

                     
Logo ३ कार्तिक २०७७, सोमबार १७:४४    

कञ्चनरुप

कार्तिक ३ गते२०७७ ।

संविधान सभाका सभासद् मानपुर चौधरीलाई कोरोना पोजेटिभ देखिएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ४ जगतपुर बस्दै आउनु ६२ वर्षिय चौधरीलाई सोमवार विहान ५ वजे कोरोना संक्रमण पुष्टि भएको हो । ।

चौधरीलाई श्वास फेर्न गाह्रो धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको छ । अञ्चल अस्पताल विराटनगरमा पीसीआर परीक्षण गराउँदा नेगेटिभ देखिए भएता पनि जगतपुर स्थित आफ्नै घरमा स्वास्थ्यकर्मीहरूको निगरानीमा अक्सिजन लगाई उपचार गर्दा समेत श्वास फेर्न गाह्रो भएकोले कार्तिक २ गते बेलुका ९ बजे थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक डम्वर प्रसाद गुप्ताले कञ्चनरुपले बताउनु भयो ।

पुनः आईतवार राती करिव १२ वजे उनको प्रतिष्ठान स्वाव परिक्षणका लागि लिएको र विहान ५ वजे कोरोना रिपोर्ट पोजेटिभ आएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा सह संयोजक डम्वर गुप्ताले बताउनु भयो ।

चौधरीलाई कोरोना पुष्टि भएपछि उनको उपचारमा संलग्न प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका करिव ७ जना स्वास्थ्यकर्मी क्वारेन्टाईनमा वसेका छन ्। उनीहरु क्वारेन्टाईनमा वसेपछि कञ्चनपुरमा ५ वेडको अस्थाई कोभिड अस्पताल उद्घाटनको कार्यक्रम समेत प्रभावित भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?