Logo

सप्तरीको कञ्चनरुप थारु सङ्ग्रहालयको उद्घाटन

                     
Logo ३ कार्तिक २०७७, सोमबार १७:४२    

कञ्चनरुप

कार्तिक ३ गते २०७७

सप्तरीको कञ्चनरुप नगरपालिकाको जमुवामा आज थारु सांस्कृतिक सङ्ग्रहालयको उद्घाटन भएको छ ।

नगरपालिकाको वडा नम्बर ६मा टप्पु वन्यजन्तु आरक्ष सुनसरीका प्रमुख अधिकृत रामदेव चौधरी र कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले संयक्तरुपमा ङ्ग्रहालयको उद्घाटन गर्नु भएको हो ।

हाम्रो संस्कृति, भेषभुषाको संरक्षण गर्दै युवा जनशक्तिलाई परिचालन गरी थारुहरूको कला संस्कृतिको संरक्षण संवर्द्धन गर्न आवश्यक रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरीका प्रमुख अधिकृत रामदेव चौधरीले बताए ।

कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले जसरी कञ्चनरुप नगरपालिका प्रदेश नम्बर २ मा बालमैत्री घोषणामा पहिलो भयो त्यसरी नै थारु सांस्कृतिक सङ्ग्रहालय निमार्णमा पनि प्रदेश नम्बर २ मा पहिलो हुनु नगरपालिकाको लागि कोशे ढुङ्गा जस्तै भएको बताए ।

सुनसरीबाट आर्थिक वर्ष २०७५÷०७६ मा ५ लाख र आ.व. २०७६÷०७७ मा रु. ५० लाख गरी जम्मा रु. ५५ लाखको विशेष आर्थिक सहयोग र पूर्व पिप्रा, धरमपुर, घोघनपुर उपभोक्ता समिति सप्तरीको २५ प्रतिशत जनश्रमदानबाट थारु सांस्कृतिक सङ्ग्रहालयको निमार्ण गरिएको कोशी टप्पु वन्यजन्तु आरक्ष पूर्व पिप्रा, धरमपुर, घोघनपुर उपभोक्ता समितिका अध्यक्ष बच्चुलाल चौधरीले बताए ।

थारु सङ्ग्रहालयलाई अगाडि बढाउन सबै एकजुट भएर लाग्नुपर्ने र आर्थिक उन्नतिका लागि उन्नत जातका पशुपालन गर्नुपर्नेमा जोड दिर्दै चितवनको सौरहा भन्दा पनि हाम्रो ठाउँ प्राकृतिक सौन्दर्ययताले भरिभराउ रहेको राम्रो पर्यटकीय क्षेत्र बनाउन सकिने उनले बताए ।

विभिन्न जातजातिहरूको विभिन्न आफ्नो भेसभुसा, कला संस्कृति लोप भइरहेको अवस्थामा थारु जतिको भेसभुसा तथा थारु जतिले प्रयोग गर्ने सामाग्रीहरूलाई एक ठाउँमा संरक्षण संवर्द्धन गर्ने उद्देश्यका साथ थारु सांस्कृतिक सङ्ग्रहालयको निमार्ण गरिएको जनाएको छ ।

थारु सांस्कृतिक सङ्ग्रहालय निर्माणका तथा आन्तरिक तथा बाह्य पर्यटन तथा संवर्द्धनका साथै समाजको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासलाई तीव्रता दिने उद्देश्यका साथ नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको तत्वधानमा कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहा

सङ्ग्रहालयमा थारु जातीको पूर्वजहरू देखि लिएर हालसम्म लगाउने पहिरन, गरगहना, कृषि औजार, प्रयोग गरिने हातहतियार, वाद्यवादन, विवाहमा प्रयोग गरिने सामाग्रीहरू राखिने जनाइएको छ । उपभोक्ता समितिका अध्यक्ष चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?