Logo

सगरमाथा सहकारीले मिनिमार्ट खोल्यो गुणस्तर सामान बिक्री गर्ने पसललाई प्राथमिकता—नगर प्रमुख बसन्त

                     
Logo २ कार्तिक २०७७, आईतवार १६:२३    

डम्बर राई

कञ्चनरुप कार्तिक २ गते २०७७ ।

सप्तरी कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमारले गुणस्तर सामान बिक्री बितरण गर्न गराउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो—अब हरेक पसलले सामानको परम मुल्य र उत्पादन, समाप्त मिति खुलाएर सामानहरु बिक्री बितरण गर्नुपर्ने छ यसरी प्रष्ट खुलाएर बिक्री गर्ने पसललाई नगरपालिकाले प्राथमिकतामा राख्नेछ । आइतबार वडा नम्बर १२ स्थित रुपनगरचौकमा सगरमाथा बहुमुखी सहकारी संस्था लिमिटेडद्धारा संचालनमा ल्याएको मिनि मार्टको समुद्घाटन कार्यक्रममा यस्तो बताउनु भएको हो । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बसन्त कुमारले मिनि मार्टको रिवन काटेर उद्घाटन गर्नुभएको थियो । उद्घाटन पछि उहाँले मार्टको अवलोकन गर्नुहुदै गुणस्तर र सहि मुल्यमा पारदर्शिता ढंगबाट सामान बिक्री गर्न आयोजक पक्षलाई सुझाव दिनुभयो । यसै सन्दर्भमा उहाँले भन्नुभयो—हाट, बजारमा बढी भिडचाप बढेर गएको अवस्थाका कारण कोरोना संक्रमण बढेर गइरहेको छ तसर्थ भिडभाडलाई हामीले मिनिमाइज गरेर लैजान प्रयास गरौं नत्र हामी कोहिपनि बच्न सक्दैनौं । यसबर्षको दशैं, दीपावली, छठ पर्वलाई गएको बर्षहरुकोे जस्तो तामझाम नगरेरै मनाउँदा हामी सबैको कल्याण हुने बताउँनु हुदै उहाँले महान पर्वको शुभकामना समेत दिनुभयो । २०५९ सालमा स्थापना भएको यस संस्थाले उन्नति प्रगतिमा खासै गतिशिलता लिन सकेको थिइएन तर चार—पाँच बर्ष यता आएर यस संस्थाले कृषिबालीमा हात हालेर विभिन्न तरकारी उब्जाएर बजारीकरण गर्नुको साथसाथै खाध, बीउ बिजन बिक्री बितरण गर्दै आएकाछन् । सुस्ताएको संस्थाको जिम्मेवारी लिइएर यसलाई यो अवस्थासम्म ल्याउँन त्यत्ति सहजता त थिएन तर आफ्नो काँधमा जिम्मेवारी उठाएर आज यहाँसम्म आइयो, लक्ष धेरै छन् प्रतिबद्धतामा छु अध्यक्ष राजन अधिकारीले बताउनुभयो । गत आर्थिक बर्षमा दुई करोडको कारोवार भएको जानकारी दिनुहुदै अध्यक्ष अधिकारीले भन्नुभयो—९६ लाख लगानी र मिनिमार्टको काम भएको छ । संस्थामा दुई सय ८६ जना शेयर सदस्य छन् भने १६ जना कर्मचारीहरु छन् । मिनिमार्टमा अहिले भएका भान्साघरमा प्रयोग हुने, महिलाले प्रयोग गर्ने, सजावट, खाजा, टिफिन, लगायतका सामानहरु बाहेक लत्ता कपडा, जुत्ताका आइटम थपिने आयोजक समितिले जनाएकाछन् । १२ नम्बर वडा अध्यक्ष देवी बहादुर खत्री, समाजसेवी तथा नेपाली काँग्रेसका स्थानिय नेता जित बहादुर श्रेष्ठले मार्टको उत्तरोत्तर प्रगतिको शुभकामना मन्तव्य दिइएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?