कञ्चनरुप,


कार्तिक २ गते २०७७ ।
सप्तरीमा लागु औषध व्राउन सुगरसहित १९ वर्षिय र २७ वर्षिय दुई युवा पक्राउ गरि सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा तिलाठी कोईलाडी गाउँपालिका ७ का १९ वर्षीय निरज कुमार शर्मा र भरत शर्मा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनीहरुलाई अग्निसाईर कृष्णासवरण गाउँपालिका –५ बकधुवावाट नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेश कुमार सिंहले वताए ।
महदेवा गाउँबाट महुलीतर्फ जाँदै गरेको स ७ प १८६५ नम्वरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा पछाडि वसेका भरतको साथवाट ५० ग्राम व्राउन सुगर वरामद भएको सिंहले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय कञ्चनपुर वाट प्रहरी नायब उपरिक्षक नरेश कुमार सिंहको नेतृत्वमा खटिएको टोलीले अग्निसाईर कृष्णासबरण गाउँपालिका वडा नम्बर ५ बक्धुवा स्थित भित्रि सडकबाट स ७ प १८६५ नम्बरको मोटर साईकलमा लागूऔषध गईरहेको सूचनाको अधारमा चेक–जाँच गर्दा शर्माको साथबाट १० ग्रामको ५ वटा प्याकेट भएको ५० ग्राम ब्राउनसुगर सहित २ थान मोवाईल र ६ हजार ९ सय रुपैया बरामद भएको एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।
नियन्त्रणमा लिएका दुवैलाई इलाका प्रहरी कार्यालय कञ्चपुरमा राखी थप अनुसन्धान भइरहेको छ ।













