Logo

सप्तरी प्रशासनद्वारा मठ मन्दिर क्षेत्रमा निषेधाज्ञा घोषणा

                     
Logo ३० आश्विन २०७७, शुक्रबार १७:४५    

कञ्चनरुप

आश्विन, ३० गते २०७७ ।

चाडपर्वको बेला हुने भिडभाडले कोरोना संक्रमण थप फैलिनसक्ने भन्दै शुक्रवार जिल्ला प्रशासन कार्यालय सप्तरीले शक्तिपीठ र मन्दिर परिसर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रवार सूचना जारी गर्दै शुक्रवार ३० गते राति ११ बजेदेखि लागु हुने गरी मंसिर ७ गते राति साढे ११ बजेसम्मकालागि शक्तिपीठ र मन्दिर परिसर क्षेत्रलाइ निषेधित क्षेत्र घोषणा गरेको हो ।

यस अवधि भर शक्तिपीठ र मन्दिरमा शक्तिपीठ र मन्दिरकै तर्फबाट गरिने नित्य पूजापाठ बाहेकका अन्य गतिविधि गर्न निषेध गरिएको कार्यालयको सूचनामा उल्लेख छ ।


लोकप्रिय छुटाउनुभयो कि ?