Logo

सुनसरीमा कार्तिक १ गते देखि मंसिर ६ गते सम्म निषेधाज्ञा

                     
Logo ३० आश्विन २०७७, शुक्रबार १४:३५    

कञ्चनरुप

आश्विन ३० गते २०७७ ।

चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ ।

दशैँ, तिहार, छठल चाडपर्वमा भीडभाड हुने कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने भन्द जिल्ला प्रशासन सुनसरीले निषेधाज्ञा जारी गरेको हो ।

प्रशासन ऐन,२०२८ र संक्रामक रोग ऐन, २०२० बमोजिम कार्तिक १ गते देखि मंसिर ६ गते सम्म यस जिल्लाभर चाडपर्व लक्षित निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

दशैंमा बिभिन्न शक्तिपिठ, मन्दिर तथा सामाजमा गरिने पुजा आजामा दैनिक एक व्यक्तिद्वारा गरिने नित्य पुजा बाहेक भेला भएर गरिने सबै धार्मिक कृयाकलापमा प्रतिबन्ध लगाइएको छ ।

मन्दिर,शक्तिपिठ,पण्डालमा एक व्यक्तिद्वारा गरिने नित्य पुजाआजा मस्जिदमा भेला हुने, गुम्बाहरूमा भेला भएर पुजा आजा गर्न पनि रोक लकाइएको छ

भजन,किर्तन, अनुष्ठान गर्न र मेला जात्रा सञ्चालन नगर्न पनि प्रशासने अनुरोध गरेको छ ।

तिहारमा देउसी,भैलो खेल्नमा समेत प्रतिबन्ध लगाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?