राजविराज


आश्विन ३० गते २०७७ ।
सप्तरीमा दुई वटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । भने दुई जना गम्भीर घाइते भएका छन् । हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका वडा नम्बर ११ बनोलीस्थित विघापति चोकमा मोटरसाइकल ठोकिँदा उनीहरू मृत्यु भएको हो ।

पूर्वबाट पश्चिम तर्फ जादै गरेको स.१ प ३७०१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको स. ८ प ८४४१ नम्बरको मोटरसाइकल बिहीबार साँझ तीब्र गतिका कारणले सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धिमलाले जानकारी दिनुभयो ।
मोटरसाइकल चालक सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित सिस्वा धनगढीका ३० वर्षीय सुरेशकुमार साह र सनाखत नभएका अर्का चालकको मृत्यु भएको एसपी धिमलाले बताउनुभयो ।
त्यस्तै, दुर्घटनामा मोटरसाइलको पछाडि सवार अन्दाजी ४५ वर्षीय एक महिला र अर्का एक पुरुष गम्भीर घाइते भएको छ ।
घाइते दुवे जनाको तत्काल स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको तथा मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको सप्तरी प्रहरीले जनाएको छ ।












