Logo

कञ्चनरुप नगरपालिकाको महादेवपट्टिमा कोरोनाबाट एक महिलाको मृत्यु

                     
Logo २९ आश्विन २०७७, बिहीबार १५:२१    

कञ्चनरुप,

आश्विन २९ गते २०७७ ।

कोरोना भाइरस कोभिड १९ का कारण सप्तरीको कञ्चनरुप नगरपालिकामा आज एक महिलाको मृत्यु भएको छ । यो सँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

कञ्चनरुप नगरपालिका वडा नम्बर २ महादेवपट्टि की ४२ वर्षीया बसिरा खातुनको कोरोना भाइरसका कारण मृत्यु भएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सह संयोजक डम्वर प्रसाद गुप्तले बताए ।

मृत्यु महिला बिरामी भई १५ दिनदेखि बिराटनगर स्थित गोल्डेन हस्पिटलमा उपचार गराइरहेकी थिइन् र उपचारकै क्रममा बिराटनसिंह होममा सिटिस्क्यान गराउदा क्यान्सर, आन्द्रामा खराबी, फोक्सोमा पानी जमेको देखिएपछि थप उपचारका लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

२६ गते धरानमा कोरोना भाइरसको पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि बिरामीको अवस्था गम्भीर रहेकाले उनलाई अस्पतालले घर लैजान भनेपछि २७ गते घर ल्याई स्वास्थ्यकर्मीहरुको निगरानीमा होम आइसोलेसनमा राखिएकोमा बिहीबार बिहान आफ्नै घरमा खातुनको मृत्यु भएको स्वास्थ्य शाखा सह संयोजक डम्वर प्रसाद गुप्तल जनाए ।


लोकप्रिय छुटाउनुभयो कि ?