डम्बर राई


क्ञ्चनरुप कात्र्तिक २१ ।
दोश्रो संविधान सभाका सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी प्रदेश नम्बर २ का सदस्य स्वर्गिय मानपुर चौधरीको सम्झनामा शुक्रबार श्रद्वाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ । स्व. चौधरीको घर नजिकको राष्ट्रिय आधारभुत बिधालय प्राङ्गणमा नेकपा नगरकमिटी कञ्चनरुपद्वारा आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेकपाका र अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुले स्व.चौधरीको तस्बीरमा श्रद्धासुमन माल्यअर्पण गरी चौधरीले पार्टी, समाज र देशकै निम्ति पुर्याएको सकरात्मक भूमिकाको उच्च कदर गरेकाछन् ।

सो समारोहमा नेकपाका स्थायि सदस्य, प्रदेश नम्बर २ का पार्टी इन्चार्ज तथा बिपक्षी दलका नेता एवं पूर्व युवा तथा खेलकुद मन्त्री सत्य नारायण मण्डलले चौधरीको निधनले पार्टीको ठुलो क्षति भएको बताउँनु भएको छ । सबैभन्दा ठुलो कुरा निरन्तरता हो उहाँले भन्नुभयो—स्व.चौधरीले कम्युनिस्ट आन्दोलनमा लागेर इमान्दारीताका साथ कुसल नेतृत्वदायि भूमिकामा निरन्तररुपले लागि परिरहयो ।
पार्टी नेता चौधरीको निधन हिमाल जस्तै गह्रौँ भएको र उहाँको भौतिक शरीर आफुहरु बीच नभएपनि उहाँको कार्यको ऐतिहासिक पृष्ठभूमी बनिसकेको स्मरण गराउँनुहुदै कार्यक्रमका प्रमुख अतिथिको आसनबाट चौधरीको श्रद्धाञ्जली गरेर मात्र पुग्दैन उहाँको परिवारजनमा केहि काम गरेर देखाउँन सक्नुपर्दछ ।
नेकपाका केन्द्रीय सदस्य, प्र्रदेश नं. २ का सचिव तथा राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले स्व. चौधरी शान्ती एकताबद्ध कम्युनिस्ट पार्टीमा निस्वार्थ भावनाले निरन्तररुपले लागिरहेको र पार्टीको काममा कहिले नथाक्ने महान योद्धा रहेको बताउँनु भयो । राम्रो काम गर्नुभाको थियो वा हो की होइन भनेर यस मानेबाट पनि बुझिएको एउटा जलन्द उदाहरण पस्कदै नेता प्याकुरेलले भन्नुभयो—आज यत्ति धेरैका संख्यामा पार्टी लगायत अन्य बिभिन्न पार्टीका नेतागण उपस्थित भएर स्व. चौधरीको सम्झना गरेका छन्, भावविहल भएकाछन् यो नै उहाँको असल कामको प्रमाण हो । नेता प्याकुरेलले मृतक परीवार आफ्ना घरका परिवार सरह भएकोले अब त्यस घरको परिवारजनलाई हेरचाह तथा सहयोग गर्न पार्टी पछि नपर्ने बचन दिदै शोक सन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्तिको कामना गर्नुभयो ।
अनाबरतरुपमा पार्टीलाई गतिसिल बनाउँन जुन भूमिका यस क्षेत्रबाट निर्वाह गर्यो त्यो व्यक्तिले आज हामी बीच नभएपनि उहाँले हामीलाई गर्ने, हिड्ने तरीका सिकाएर गएको छ । चौधरीको असमायिक निधनले मर्माहित भएको केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला पार्टी इन्चार्ज रामप्रीत पासवानले भन्नुभयो —उहाँ कुसल र इमान्दार व्यक्ति हुनुन्थ्यो त्यसैले उहाँ ऐतिहासिक संविधान सभाका सदस्य भएर मुलुकमा जनमुखी संविधान निर्माण गर्न सफल बन्नुभयो ।
जिल्ला सचिव तथा प्रदेश नं. २ का सभासद गोबिन्द न्यौपानेले स्व. मानपुर चौधरीबाट आफुले धेरै कुरा सिक्ने अवसर पाएको खुलासा गर्दै भन्न्ुभयो—यस क्षेत्रले एउटा हुनहार व्यक्ति गुमाएको छ । उहाँको अविस्मरणिय योगदान संविधान निर्माणमा रहयो, संविधान सभाको सदस्य भएर यो मात्र हैन उहाँ न्याय र सच्चाईका पक्षमा सबैका लागि हुनुहुन्थ्यो ।
स्व.चौधरीको निधन लापारवाहीका कारण भएको दावी गर्नुहुदै पार्टी नेता तथा पूर्व सिंचाई मन्त्री उमेश यादवले यसको छानविनको माँग गर्नुभएको छ । यादवले भन्नुभयो—सरकार पार्टीको छ तर पार्टीको संवेदनसिल व्यक्तिको अस्पतालमा हेल्चेक्र्याँईले मृत्यु हुन्छ तर यसको छानविन गरिदैन । अविलम्ब यसको छानविन गरि मृत्युको कारण पत्ता लगाउँन यादवले पार्टीका उपल्लो तह र पदका जिम्मेवार नेतालाई सम्वोधन गर्नुभयो । उहाँले भन्नुभयो—यस्ता घटना अहिले धेरै निम्तिएकोले छानविन नगरे हेलचेक्र्याईमै धेरैको ज्यान जान सक्छ ।
सो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व वातावरण मन्त्री हेमराज तातेडले स्व. चौधरीको इमान्दारीता प्रति उच्च सम्मान गर्नुभयो । उहाँले स्व. चौधरी अति मिलनसारसंगैै नेकपाका नेता भएपनि सबैलाई समानरुपले व्यवहार गर्दथ्यो भन्नुभयो । जनता समाजवादी पार्टीका नेता सूर्यनाथ यादवले पनि स्व. चौधरीसंगै कुनै समयमा काम गरेको र उनी नैतिकरुपले सच्चा इमान्दार कर्मठ महान योद्धा रहेको बताउँनु भयो ।
नेकपाका जिल्ला सदस्य एवं कञ्चनरुप नगरपालिकाका नगरप्रमुख बसन्त कुमारले चौधरीको असमायिक निधनले जिल्लावासी नै स्तव्ध भई शोकाकुल भएको बताँउनुभयो । उहाँले मानपुर चौधरीको निधनले उहाँको घर परिवारलाई मात्र घाटा नभई नगरवासीलाई नै घाटा भएकोले अब त्यस परिवारको ख्याल राख््न आफ्नो दायित्व बनेको खुलासा गर्नुभयो ।
यसैगरि सप्तकोशी नगरपालिकाका नगरप्रमुख उत्तम प्रसाद शर्मा (गौतम) ले स्व. चौधरीको जतिसुकै बयान गरेपनि अधुरै रहने बताउँनुहुदै उहाँको अनगिन्ती जिम्मेवारी र कार्यदक्षताको टिपोर्ट औल्याउँनुभयो । नगर कमिटी कञ्चनरुपका निवर्तमान अध्यक्ष बच्चुलाल चौधरीको अध्यक्षतामा आयोजित सभामा जिकस देब नारायण चौधरी, जयप्रकाश यादव, जेपी यादव, प्रदेश न.ं२ का सदस्य महेश प्रुाद यादव, लगायत दर्जनौं विभिन्न तह र तप्काका जिम्मेवार नेता तथा कार्यकर्ताले शोक मन्तव्य राखेका थिए । २०१८ साल फाल्गुन २८ गते सप्तरीको साविक गाविस जगतपुर ५ मा जन्म भई यहि २०७७ साल कार्तिक ११ गतेका दिन उपचारका क्रममा सुनसरी धरान स्थित वीपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा चौधरीको निधन भएको थियो । उहाँको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ ।












