कञ्चनरुप


कार्तिक २३ गते २०७७ ।
सप्तरीको हानुमाननगर कंकालिनी नगरपालिकामा कोरोना संक्रमण घट्ने क्रममा रहेको छ ।

नगरपालिकाका कोभिड ब्यवस्थापन संयोजक रामदेव यादवका अनुसार नगरभरि कोरोनाबाट सक्रिय संक्रमीत संख्या १ मात्र रहेको जानकारी दिनुभएको छ ।
कोरिन्टाइनमा रहेका ९२५ जना मध्ये १६० जनामा संक्रमित देखीएको थियो जसमा १ यस ५९ जना निको भएर फर्कि सक्नु भयो अब १ जना मात्र बाँकि हुनुहुन्छ वाहाँ पनि केहिदनमा निको हुनुहुने कुरा संयोजक यादवले जानकारी गराउनु भयो ।
नगरपालिका स्वास्थ्य शाखा संयोजक विरेन्द्र यादवका अनुसार यस नगरपालिकामा कोरोनाका कारण हाल सम्म कसैले ज्यान गुमाउनु परेको छैन । तर यस नगरपालिका छाडि अन्यत्र बसोवास गर्दै आएका ब्यक्तिलाई पनि यसै नगरपालिका भित्रका ब्यत्तिको मृत्यु भएको भनि समाचाहरु आएकोमा आप्ती हरेको जनाउनु भयो । नगरपालिका भित्र कोरोनाबाट प्रभावित अथवा मृत्यु भएकाको मात्र रेकर्ड राख्ने गरेकाछौ । अन्यत्र बसोवास गर्नेलाई यस नगरपालिकको वासिन्दा भन्न मिल्दैन ।












