कञ्चनरुप


कार्तिक २४ गते २०७७ ।
सप्तरी प्रहरीले रामपुरमल्हनिया बेरिया घाटबाट लागुऔषध तथा नगद सहित दुई जना पक्रउ गरेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.१४ रामपुरमल्हनिया बेरिया घाटबाट सप्तकोशी नगरपालिका वडा न.२ फत्तेपुर बस्ने ब्रिटिस थापा मगर र सोहि नगरपालिका वडा नं..१ बस्ने बर्ष ३० को भुमिराज थापालाई लागुऔषध सहि पक्राउ गरेका प्रहरीले जाएको छ ।
मगरले चलाई ल्याएको स.८ प.९०९५ नम्बरको मोटरसाईकलमा पछाडी बस्ने थापाले कालो पोलेथिनको झोला बिचमा राखी आई रहेको अबस्थामा फेला पारी उक्त झोला खानतलासी गर्दा डाईजिल्याब ५० एम्पुल , लुपिजेसिक ५० एम्पुल प्रतिबन्धीत लागु औषध र दुबै जनाको साथबाट नेपाली टोट नगद १ हजार दरका ६५ थान , ५ सय दरका १० थान गरि जम्मा ७० हजार रहेको जिल्ला प्रकही कार्यालय सप्तरीले जाएको छ ।












