Logo

कञ्चनरुप नगरपालिकाले ६० हजार माक्स २२ हजार साबुन वितरण कार्य शुरु

                     
Logo २५ कार्तिक २०७७, मंगलवार १७:०४    

कञ्चनरुप

कार्तिक २५ गते ।

सप्तरीको कञ्चनरुप नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) बाट सुरक्षित राख्नका लागि १२ वटा वडाका नगरवासीलाई तहको कपडाको माक्स र नुहाउने साबुन वितरण गर्न थालेको छ ।

नगरपालिकाले नगरवासीमा प्रत्येक घर संख्या हिसावले एक जनालाई एक माक्सका दरले ६० हजार

माक्स वितरण कार्य थालेको छ ।

माक्स संग सगै एक घरमा दुई वटा लाइफवाइ सावुन समेत वितरण गरेकाछ । नगरपालिकाको वडा नम्बर १ देखि १२ सम्मको ११ हजार ४६ घरधुरीका ५ वर्ष माथि सम्पूर्णलाई वितरण गरिने नगरपालिकाले जनाएको छ ।

११ लाख मूल्य बराबरको ६० हजार माक्स र ६ लाख ७६ हजार मूल्य बराबरको २२ हजार पिस लाइफवाइ साबुन समेत वितरण गर्न थालिएको र साबुन प्रति घरधुरी २ पिसका दरले वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरका प्रत्येक नागरिकलाई कोभिड १९ बाट सुरक्षित राख्नु नगरपालिकाको दायित्व रहेकाले माक्स र साबुन वितरण कार्य गरिएको नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनु भयो । मानिसको स्वास्थ्य राम्रो भए मात्र त्यसले राम्रो प्रगति गर्न सक्ने भएकाले स्वास्थ्य क्षेत्र राम्रो बनाउनका लागि नगरपालिकाले काम गरिरहेको समेत उहाँले बताउनु भयो ।


लोकप्रिय छुटाउनुभयो कि ?