सप्तकोशी


कार्तिक २५ गते २०७७ ।
विपद् प्रतिक्रर्यात्मक सामाजिक सुरक्षा सम्बन्धि दुई दिने ताालिम मंगलबार सम्पन्न भएको छ । सप्तकोशी नगरपालिका फत्तेपुरमा नगर स्तरीय सामाजिक सुरक्षा नीतिलाई विपद प्रतिक्रियात्मक बनाउने उदेश्यका साथ दुई दिने तालिमको आयोजना गरिएको हो ।

डीसीए नेपालको साझेदारीमा कोशी पीडित समाज तथा सप्तकोशी नगरपालिकाको समन्वयमा सञ्चालित इनोभेसन परियोजनाको सहयोगमा सञ्चालित उक्त तालिम अति प्रभावकारी रहेको उप प्रमुख आशा चौधरीले जानकारी दिनुभयो ।
तालिममा नगर प्रमुख उत्तमकुमार गौतम, उपप्रमुख, वडा अध्यक्षहरु, विभिन्न शाखा प्रमुख, कार्यपालिका सदस्यसहित २२ जनाको सहभागिता रहेको आयोजक समाजका सुकदेव चौधरीले बताउनभयो ।
नगरपालिकाका सामाजिक सुरक्षा नीतिलाई व्यवहारिक र विपद प्रतिक्रियात्मक बनाउने, विपद प्रतिक्रियात्मक सामाजिक सुरक्षाको आधारभुत बुझाईलाई स्थानीय तहमा फराकिलो बनाईने, विपदमा नगद सहयोग कार्यक्रम सञ्चालनका लागि आवश्यक कार्यविधिका बारेमा अभिव्यक्ति प्रदान गर्ने लक्ष्य रहेको चौधरीले बताउनुभयो ।












