Logo

बर्दिबास प्रदर्शनमा प्रहरीको गोली लागेका न्यौपानको मृत्यु

                     
Logo १० मंसिर २०७७, बुधबार ०९:०२    

बर्दिबास

मंसिर १० गते २०७७ ।

बर्दिबास नगरपालिकामा ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रहरीको गोली लागेर गम्भिर घाइते भएका न्यौपानेलाई हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल लगिएको थियो । उनको मंगलबार राति १ बजे उपचारको क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी महोत्तरीले जनाएको छ ।

उनीसँगै घाइते अर्का श्याम कार्कीको भने उपचार भइरहेको छ । न्यौपानेको मृत्युसँगै बर्दिबासमा थप तनावको स्थित सृजना भएको छ । घटनास्थलमा थप तनावको स्थिती पैदा नहोस् भनेर बुधबार बिहान ८ सुरक्षा समितीको बैठक बस्दै छ ।

कफ्र्यु वा निषेधाज्ञा लगाउने विषयमा छलफल हुने प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।


लोकप्रिय छुटाउनुभयो कि ?