कञ्चनरुप


मंसिर १० गते २०७७ ।
सप्तरीको कञ्चनरुप नगरपालिका–८ का वडाअध्यक्ष कोरोना संक्रमण भएपछि कार्यालयले प्रदान गर्ने सेवाबाट सेवाग्राही मारमा परेका छन ।

वडाअध्यक्ष राजकुमार साह सहित परिवारका अन्य दुई जनालाई कोरोना संक्रमण पुष्टि भए पछि विगत १३ दिन देखी वडाअध्यक्ष साह र श्रीमती र छोरा आफ्नै घरमा होमआइसुलेसनमा बस्त आउनु भएकोले वडा नं. –८ बाट प्रदान हुने सेवाको प्रत्यक्ष असर परेको छ ।
कञ्चनरुपमा ९६ जना कोरोनावाट संक्रमित मध्ये ३ जनाको मृत्यु भएको छ भने सकृय संक्रमित १७ जना मध्ये ६ जना होमआइसुलेसनमा , ४ विभिन्न कसुरमा इलाका प्रहरी कार्यलय कञ्चनपुरमा रहेका थुनुवा र ७ जना कञ्चनरुप नगरपालिका–११ स्थित दुर्गा आधारभूत विद्यालयमा रहेको आईसोलेसन सेन्टरमा उपचारर्थ रहेको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखाकासंयोजक रामसेवक यदावले बताउनु भयो । 
जिल्लामा हालसम्म कुल संक्रमित एक हजार ७५५ मध्ये एक हजार ५७३ जना निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । संक्रमितमध्ये ३६ जनाको मृत्यु भइसकेको छ ।
जिल्लामा २० हजार ४६७ जनाको नमूना स्वाव संकलन गरी कोरोना परीक्षण (पीसीआर) गरिदो १८ हजार ७५८ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । 












