Logo

न्यौपानेको मृत्यु पछि बर्दिवासमा निषेधाज्ञा

                     
Logo १० मंसिर २०७७, बुधबार १३:३९    

बर्दिवास

मंसिर १० गते २०७७ ।

६ वर्षीया बालिकाको हत्या विरोधमा उत्रिएका क्रममा प्रहरीको गोली लागेर घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएपछि स्थिति बिग्रन नदिन भन्दै महोत्तरी जिल्ला प्रशासन कार्यालयले बर्दिवास नगरपालिकामा निषेधाज्ञा जारी गरेको हो ।

बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले जानकारी दिनुभयो । बर्दिवास नगरपालिकाको पूर्वमा वडा नम्बर १ को रातो खोला, पश्चिम मा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को गौरीवास (पाटु) र दक्षिणमा वार्ड नं ८ को हात्तीलेट क्वार्टर चौकसम्म भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको उहाँले बताउनुभयो ।

निषेधाज्ञा जारी भएको क्षेत्र मा ५ जनाभन्दा बढस् भेला हुन पाउने छैनन् । तर पूर्व पश्चिम राजमार्ग भने सुचारू रहने प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिनुभयो ।

प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा केही घाइते भएका थिए । घाइतेमध्ये बर्दिवास नगरपालिका वडा नम्बर १ बस्ने ४० बर्षीय न्यौपानेको मृत्युले स्थानीयलाई थप आक्रोशित बनउाएको छ ।

गोली चलाउने प्रहरीमाथि कारबाही गर्नुपर्ने माग गर्दै उनीहरुले बिहानै पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?