बृजमान तामाङ्ग


४ माघ २०७७ ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संचार क्षेत्रको बिकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छ्न । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको दशौ वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले देशमा संकट आउदा पत्रकारहरुले खेलेको भुमिका महत्वपूर्ण हुने गरेको बताए । कुनैपनि अधिकार प्राप्तिको आन्दोलन होस वा देशलाई संकट पर्दा पत्रकारले गरेको योगदान महत्वोपुर्ण रहेको छ, मुख्यमन्त्री राउतले भने, संचार क्षेत्रको बिकास बिना देशमा सुशासन र समृद्धिको कल्पना समेत गर्न सकिदैन ।
मुख्यमन्त्री राउतले प्रदेश सरकारले संचार क्षेत्रको बिकासका लागि छिट्टै संचार प्रधिकरण र मिडिया काउन्सिल गठन गर्न लागेको बताए । प्रदेश सरकार संचार क्षेत्र र पत्रकारको समस्य प्रती गम्भीर रहेको उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथी मुख्यमन्त्री राउतले संचार क्षेत्रको बिकास र पत्रकारहरुको तमाम समस्य समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
मुख्यमन्त्री राउतले बर्तमान देशको अस्थिर अबस्थामा पत्रकारहरुले थप जिम्मेवारी बढेको भन्दै संघीय सरकारले निमत्याएको जटिल अबस्थालाई सहि दिशामा ल्याउन अझ सशक्त रुपमा पत्रकारहरुलाई भुमिका निर्वाहा गर्न आग्रह गरे । मुख्यमन्त्री राउतले संबिधानको बर्खिलाप गर्दै प्रधानमन्त्री केपि ओलिको सिफारिसमा राष्ट्रपति बिधा भण्डारी प्रतिनिधि सभा विघटन गरेको भन्दै आक्रोश व्यक्त गरे । संबिधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलिले देशलाई प्रतिगमन तिर लगेको भन्दै ओलि सरकारको तानाशाही संबैधानिक कु विरुद्ध पत्रकारहरुले खबरदारी गर्नुपर्नेमा जोड दिए । सामाजिक बिकास मन्त्री नवल किशोर साहले देशमा परिबर्तन ल्याउन पत्रकारको ठूलो योगदान रहेको बताए । भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले देशको बिकास र राजनीति परिवर्तनमा सप्तरीको पत्रकारहरुको भुमिका अबिस्वास्निय रहेको बताए । नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित साधारणसभामा राष्ट्रिय सभा सदस्य शेखर सिंह, प्रदेश सभा सदस्य मनिस सुमन, नेपाल पत्रकार महासंघ का केन्द्रिय सदस्य अबधेश झा, प्रदेश सचिब राम नारायण बिश्वास, नेपाल पत्रकार महासंघ सप्तरीका संस्थापक अध्यक्ष शिवहरी भट्टराई, जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार यादव, नेकपाका नेता सुखराम यादव, जिल्ला समवन्य समिती सप्तरीका प्रमुख प्रभाकर यादव, कन्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्र, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिस सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, तिरुहुत गाउँपालिका अध्यक्ष हेमन्त बहडखेर, छिन्नामस्ता गाउँपालिकाका अध्यक्ष सुर्य नारायण मण्डल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । यसैगरी नेपाल निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झा, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, प्रेस संगठन सप्तरीका अध्यक्ष गोपाल प्रसाद गुप्ता, मैथिली साहित्य परिषदका अध्यक्ष सतिस कुमार दत्त,प्रेस युनियन सप्तरीका अध्यक्ष एबम शाखा सल्लाहकार श्रावण देव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । शाखाका सचिब जितेन्द्र कुमार झा जितुद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष श्यामसुन्दर यादवले गरे । कार्यक्रममा पत्रकार महासंघको बिकासमा योगदान गर्ने तीन दर्जन बिशिस्ट ब्याक्तीहरुलाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ५ बनरझुलामा आयोजित कार्यक्रमको बन्दसत्रमा सचिब जितेन्द्र झाले संगाठानिक तथा प्रगति र कोषाध्यक्ष शुभचन्द्र झाले आर्थिक प्रतिबेदन प्रस्तुत गरे ।












