Logo

सप्तरीमा सडक दुर्घटना एक जनाको मृत्यु

                     
Logo ४ माघ २०७७, आईतवार १२:४६    

कंचनरुप

माघ ४ गते २०७७ ।

सप्तरीको खड्क नगरपालिकामा आइतबार बिहान सुमोले रोकिएको ट्याक्टर ठोकिदाँ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।

खड्क नगरपालिका ८ गिरधारी राईस मिल स्थित राजमार्गमा सडक खण्डमा रोकी राखेको स १ त २५१२ नम्बरको ट्याक्टरमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको मे १ ज २४५२ नम्बरको सुमो ठक्कर दिएको सप्तरी प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सुमोमा सवार झापा जिल्लाको शिवसतासी नगरपालिका ११ डुरामणी बस्ने मानप्रसाद लिम्बुको २५ वर्षीय छोरा रुपेश लिम्बुको मृत्यु भएको प्रहरीले बताइएको छ । दुर्घटना परी गम्भीर घाइते उनको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सुमो चालक पाँचथर जिल्लाको फिदिम नगरपालिका ३ बस्ने वर्ष ३४ को टेकबहादुर दर्जी, सुमो सवार झापा गौराद नगरपालिका ४ वस्ने वर्ष ३६ को जितबहादुर श्रेष्ठ घाइते भएका छन । चालकको छिन्नमस्ता अस्पताल राजविराज र श्रेष्ठको स्थानीय अस्पतालमा उपचार भइरहेको छ


लोकप्रिय छुटाउनुभयो कि ?