Logo

सोलु टिपर दुर्घटनामा सप्तरीका एक सहित तीन मृत्यु

                     
Logo ५ माघ २०७७, सोमबार ०९:५१    

कञ्चनरुप

माघ ५ गते २०७७ ।

सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा सप्तरीका एक जना सहित तीन जनाको मृत्यु भएको छ ।

सोलुखुम्बुमा जिल्लाको सोलु खोलामा निर्माणाधीन हाइड्रोपावरका लागि सामान ओसारपसार गर्ने टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बा ४ ख ७९८० नम्बरको टिपर आइतबार राति १०ः३० बजे दुर्घटना हुँदा टिपर चालक धादिङको थाक्रे गाउँपालिका घर भएका अन्दाजी ३२ वर्षीय कमल मगर, मकवानपुरको बागमती गाउँपालिका–४ का राजकुमार मगर र सप्तरीको सुरुङ्गा नगरपालिका–८ का १९ वर्षीय कृष्णलाल चौधरीको घटनास्थलमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका जनाएके छ ।

दुर्घटनामा मकवानपुरको बागमती गाउँपालिका–४ का २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?