Logo

सहिद दिलप स्मृति स्तम्भ अनावरण, तीन जना पत्रकार सम्मानित

                     
Logo ५ कार्तिक २०७८, शुक्रबार १९:२८    

५ कात्तिक, कञ्चनरुप।

सप्तरीको सप्तकोशी नगरपालिका स्थित सप्तरीको गंगाजलीमा आज सहिद दिलिप स्मृति स्तम्भको अनावरण गरिएको छ ।

सहिद दिलिप प्रतिष्ठानले वडा नम्वर ५ मा आयोजना गरेको एक समारोहकाबीच प्रतिष्ठानकाका अध्यक्ष राज कुमार लेखी, साँसद शान्ता चौधरी, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, पूर्व बाताबरण मन्त्री हेमराज तातेडलगायतका अतिथिहरुले संयुक्त रुपमा अनावरण गरेका छन् ।

कार्यक्रममा बोल्दै साँसद चौधरीले देशका लागि थारु समुदायले गरेको बलिदानी र योगदान अनुसारको राज्यले अबसर नदिएको भन्दै आक्रोश व्यक्त गरिन् । सहिद दिलिप चौधरीको स्मृतिमा निर्मित स्तम्भ अनावरण हुने कुरा सुनेर दाङ जिल्लाबाट आएको बताउँदै स्तम्भ अनावरण गर्नु पाउँदा साच्चिकै सहिदको सम्मान गर्नु पाएको अनुभूति भएको बताईन् । उनले सहिद प्रतिष्ठानका अध्यक्ष राज कुमार लेखीसहितका ब्यक्तिहरुले राष्ट्रले गर्न नसकेको सम्मान सहिद दिलिपलाई प्रदान गरेको भन्दै धन्यवाद व्यक्त गरिन् ।

राष्ट्रिय सभा सदस्य सुमानराज प्याकुरेलले स्मृति स्तम्भ निर्माणले सहिदको सम्मान भएको बताए । उनले सहिद चौधरीले देखाएको बाटो र उनले लिएको उद्देश्य पूरा गर्न पार्टी र आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पूर्व मन्त्री हेमराज तातेडले ब्यबस्था परिबर्तनमा दिलिप चौधरीको ठूलो योगदान रहेको बताए । उनले हालको राज्यको शासन ब्यबस्था परिबर्तनका लागि बलिदानी गर्ने सहिद दिलिप चौधरीलाई राष्ट्रले सम्मान गर्नुपर्नेमा जोड दिए ।

सहिद दिलिप प्रतिष्ठानका अध्यक्ष राज कुमार लेखीको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम कुमार गौतम, रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी,अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, लहान नगरपालिकाका उपप्रमुख सरिया चौधरी, नेकपा एमालेका राष्ट्रिय परिसद सदस्य राजेन्द्र प्रसाद चौधरी, सप्तकोशी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष दिपक कुमार लेखी, लगायतका मन्तव्य व्यक्त गरे ।

सप्तरीको तत्कालीन फत्तेपुर गाबिस वडा नम्बर १ पत्तेपुरमा जन्मिएका सहिद चौधरी २०४२ सालको बम काण्डको आरोपमा काठमाडौ स्थित ल क्याम्पसबाट पक्राउ परेका थिए । पक्राउ परे लगत्तै उनलाई हत्या गरेका थिए । सहिद दिलिप प्रतिष्ठानले सहिद दिलिपको स्मृतिमा निरन्तर रुपले विभिन्न कार्याहरु गर्दै आएका छ्न् ।

सोही कार्यक्रममा पत्रकारहरु बृजमान तामाङ, नवीन कुमार गुप्ता र मदन कुमार चौधरीलाई ११ हजार रुपैयाँ नगदसहित सम्मानित पनि गरिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?