Logo

शुद्धिकरण मापदण्डमा परेकाहरूले पत्रकार महासंघ सप्तरीमा गरे तालाबन्दी 

                     
Logo २४ फाल्गुन २०८०, बिहीबार १७:१२    

कञ्चनरूप । सदस्यता शुद्धिकरणमा परेका असन्तुष्ट पक्षका पीडित पत्रकारहरूको समूहका नेपाल पत्रकार महासंघ सप्तरीमा तालाबन्दी गरेका छन् ।

तीन बुन्दे माग राख्दै पीडित पत्रकारहरूको समूहले बिहीबार महासङ्घको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

तीन वर्ष बितिसक्दा पनि एक पटक साधारण सभा नगरेको, सदस्यता शुद्धिकरणको नाममा पक्षपात गरी सदस्यता नवीकरण नगरेको र योग्य पत्रकारहरूलाई सदस्यता प्रदान नगरेको आरोप लगाउदै पुरा नभए सम्मका नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा तालाबन्दी रहिरहने समूहका अगुवा जितेन्द्र खड्काले बताएका छन ।

शुद्धिकरण सम्बन्धमा केन्द्रबाट आएको सर्कुलरको सम्मान गर्दै स्थानीय स्तरमा मापदण्ड निर्धारण गरेर शुद्धिकरण गर्न आफूले सुझाव समेत दिएको भए ता पनि ‘सप्तरी शाखाले सुझावको कदर नगरेको खड्काले बताएका छन ।

यता नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देवले महासङ्घको कार्यालयमा तालाबन्दी गर्नु न्यायोचित काम नभएको बताएका छन् । उनले महासंघ विधि र प्रक्रियाबाट चल्ने नागरिकहरूको अगुवा संस्था भएकोले कार्यालयमा तालाबन्दी गर्नु निन्दनीय काम भएको बताए ।

असन्तुष्ट पक्षले ज्ञापनपत्र बुझाए लगतै महासङ्घको कार्यसमितिले पत्रकार सम्बद्ध संगठन समेतको सहभागितामा वार्ताबाट समस्याको समाधान गर्ने निर्णय गरे अनुसार उहाँहरूलाई वार्तामा बोलाइएको भएपनि वार्ता प्रक्रियाबाट पछि हटेर गलत मानसिकताबाट प्रेरित भई महासङ्घमा तालाबन्दी गरेको अध्यक्ष देवले प्रतिक्रिया जनाएका छन् ।

‘पटकपटक साधारण सभा गर्ने प्रयास भएकै हो, गत बैशाख २५मा साधारण सभा गर्न लाग्दा सो हुन नदिन सल्लाहकार खडका पनि कसेरै लागे । शुद्धिकरणमा पनि वहाँको अग्रणी भूमिका छ, अनि अहिले आएर दोहोरो भूमिका गर्नु भएन’ अध्यक्ष देवले भने ‘पछिल्लो पुस २० गते साधारणसभा गर्न लाग्दा केन्द्रले रोकेको छ, त्यहाँबाट निर्देशन भएपछि हामी गर्ने नै छौं ।’

लामो समय देखि पत्रकारिता पेशा छोडेर अन्य पेशा व्यवसायमा गएकाहरूलाई केन्द्रले तोकेको १५ बुँदे शुद्धिकरण मापदण्ड अनुसार सदस्यताबाट हटाइएको र पत्रकार महासङ्घलाई विशुद्ध पत्रकारहरूको संस्था बनाउने प्रयास गरिएको अध्यक्ष देवले बताए ।

नेपाल पत्रकार महासंघ नागरिकहरूको अगुवा संस्था, प्रेस अभिव्यक्ति स्वतन्त्रताको रक्षार्थ लडदै आएका संस्थामा तालाबन्दी गर्नु प्रेस स्वतन्त्रतालाई कठित पार्ने काम भएको अध्यक्ष देवको भनाई छ ।

वार्ता र सम्वादको ढोका अहिले पनि खुल्ला नै रहेकोले उनीहरूलाई वार्तामा बसेर समस्याको निकास निकाल्न देवले आग्रह गरेका छन् ।

 


लोकप्रिय छुटाउनुभयो कि ?