Logo

टिपरको ठक्करबाट कञ्चनरूपका व्यापारीको मृत्यु : बिहीबार १२ बजेसम्म व्यापार व्यवसाय बन्द रहने 

                     
Logo २३ फाल्गुन २०८०, बुधबार १९:४६    

कञ्चनरूप ।  कञ्चनरूपमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बुधबार दिउसो करिब ३ बजे तिर कञ्चनरूप नगरपालिका –१२ सप्तकोसी कोल्डस्टोर अगाडि पूर्वपश्चिम राजमार्गमा टिपरले ठक्कर दिँदा कञ्चनरूप नगरपालिका ९ निवासी ५० बर्षिया अशोक कुमार साहको मृत्यु भएको हो ।

प्र २–०१–०० प ९६३४ नम्बरको  मोटरसाइकलमा पूर्वतर्फ आउँदै गरेको अवस्थामा क १ ख ८६३ नम्बरको टिपरले ठक्कर दिँदा साहको घटना स्थलमै मृत्यु भएको कञ्चनरूप प्रहरीले जनाएको छ ।

साहको मृत्यु पछि स्थानीय तथा मृतकका आफन्तहरूले रूपनगर चौकमा टायर बालेर  पूर्वपश्चिम राजमार्ग २ घण्टा अवरुद्ध गरको थिए ।

मृतकका परिवारलाई उचित क्षतिपूर्ति र टिपर  चालकलाई कडा कारबाही गर्ने सहमति पछि अवरुद्ध राजमार्ग सुचारु भएको छ । साह कञ्चनरूप क्षेत्रकामा नाम चलेका प्रतिष्ठित व्यापारी हुन  ।

कञ्चनरूप ब्यापार संघले साहको सडक दुर्घटनामा  असामयिक निधन भएकोमा कञ्चनरूप व्यापार संघ परिवार मर्माहत भएको उल्लेख गर्दै बिहीबार १२ बजेसम्म व्यापार व्यवसाय बन्द गर्न आह्वान गरेको छ  ।

विज्ञप्तिमा भनिएको छ,‘ साह प्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली तथा दिगन्त  आत्माको चिरशान्तिको कामना गर्दै परिवारमा धैर्य धारण गर्ने ईश्वरले शत्तिः प्रदान भन्दै दुःखद घडीमा माघ २४ गते बिहीबार नगरपालिका भित्र रहेका सम्पूर्ण व्यापारी वर्गमा दिनको  १२ सम्म पसल बन्द गरि दिन हुन हार्दिक अनुरोध गरिन्छ भनी उल्लेख छ ।’

 


लोकप्रिय छुटाउनुभयो कि ?