Logo

कञ्चनरूपले दुई आर्थिक वर्षको कार्य प्रगति विवरण सार्वजनिक सुनवाई मार्फत सार्वजनिक

                     
Logo २३ फाल्गुन २०८०, बुधबार २१:३४    

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकाले सार्वजनिक सुनवाई  कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७९÷८० र २०८०÷८१ को प्रथम चौमासिक सम्मको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गरेको छ ।

“नगरवासीसँग नगरपालिका” भन्ने नाराका साथ बुधबार नगरपालिकाको वडा नं। २ बरमझिया स्थित कभर्ड हलमा  सार्वजनिक सुनवाई कार्यक्रममा गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत रामनारायण साहले दुई आर्थिक वर्षको प्रथम चौमासिक वार्षिक कार्य प्रगति विवरण प्रस्तुत गरे । मार्फत वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गर्ने कञ्चनरूप नगरपालिका जिल्लाकै पहिलो पालिका नगरप्रमुख ललन प्रसाद गुप्ताले बताए ।

सार्वजनिक सुनवाई कार्यक्रमका उठेका प्रश्नहरूको नगरप्रमुख ललन प्रसाद गुप्ता , प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह लगायत विषयगत शाखाका शाखा प्रमुखले उत्तर दिएका थिए ।

२०८०÷८१ हालसम्ममा ४० लाखभन्दा बढी राजस्व संकलन गर्न सफल भएको प्रतिवेदन मार्फत जनाइएको छ । प्रतिवेदनअनुसार २०८०।०८१ का लागि कुल ७६ करोड ७० लाख २० हजार ६ सय ७८ रुपैयाँ विनियोजन गरिएकोमा हालसम्म विभिन्न शीर्षकमा गरी २८ करोड ३५ लाख ५२ हजार रुपैयाँ खर्च भएको छ । उनले न्यायिक समिति मार्फत परेको ४१ मुद्दा मध्ये ३३ वटाको न्याय सम्पादन कार्य सकिएको र न्याय सम्पादनमा समेत यो नगरपालिका अब्बल रहेको बताए ।

उनले संघीय र प्रदेश सरकारबाट प्राप्त बजेट, आन्तरिक आम्दानी र दातृ निकाय एवम् विभिन्न संघ संस्थाबाट उपलब्ध भएको श्रोतको उचित पहिचान गरी विकास निर्माण र सुशासन समेतलाई गति प्रदान गरिएको बताए ।

नगरप्रमुख गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख मुना पोखरेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिले सो अवसरमा आ आफ्ना सुझाव राखेका थिए ।

प्रतिवेदन नगरपालिकाले २०७९÷८० मा १ करोड ४० लाख २९ हजार राजस्व संकलन गर्न सफल भएको उल्लेख गरिएको छ ।

नगरपालिकामा १५ शैय्याको अस्पताल, शीत भण्डारको निर्माण, गर्भवती र विपन्न समुदायसँग मेयर, सडक विस्तार लगायतका कामका साथै शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा विकास बजेटको अधिकांश रकम खर्चिएको बताए ।

नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको उत्कृष्ट कार्य तथा व्यवस्थापनका कारण जिल्लामा प्रथम र प्रदेशमा तेश्रो स्थानमा हासिल गर्न सफल भएको बताउँदै उनले बजेट छरेर सिध्याउनु भन्दा हरेक वर्ष दुई चार वटा भएपनि अति आवश्यक र ठुलो सङ्ख्यामा नगरवासीले लाभ लिन सक्ने योजनामा पुग्ने बजेट विनियोजन गर्ने सोच अनुसार अघि बढेको र यसमा सबैको सकारात्मक साथ र सहयोगको अपेक्षा राखेको बताए ।

यस्तै २०८०÷८१ हालसम्ममा ४० लाखभन्दा बढी राजस्व संकलन गर्न सफल भएको प्रतिवेदन मार्फत जनाइएको छ । प्रतिवेदनअनुसार २०८०।०८१ का लागि कुल ७६ करोड ७० लाख २० हजार ६ सय ७८ रुपैयाँ विनियोजन गरिएकोमा हालसम्म विभिन्न सिर्कना गरी २८ करोड ३५ लाख ५२ हजार रुपैयाँ खर्च भएको छ । उनले न्यायिक समिति मार्फत परेको ४१ मुद्दा मध्ये ३३ वटाको न्याय सम्पादन कार्य सकिएको र न्याय सम्पादनमा समेत यो नगरपालिका अब्बल रहेको बताए ।

उनले संघीय र प्रदेश सरकारबाट प्राप्त बजेट, आन्तरिक आम्दानी र दातृ निकाय एवम् विभिन्न संघ संस्थाबाट उपलब्ध भएको श्रोतको उचित पहिचान गरी विकास निर्माण र सुशासन समेतलाई गति प्रदान गरिएको बताए ।

नगरप्रमुख गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख मुना पोखरेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिले सो अवसरमा आ आफ्ना सुझाव राखेका थिए ।

जनप्रतिनिधि, नगरपालिकाका सबै फाँटका प्रमुख तथा कर्मचारी, सुरक्षा निकायका प्रमुख सरोकारवाला निकाय, संचारकर्मीका साथै स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?