Logo

नारी दिवसमा सप्तरी काठमाडौं महिला एकता केन्द्रको संमान तथा बनभोज कार्यक्रम

                     
Logo २८ फाल्गुन २०८०, सोमबार १७:४८    

अम्बिका दहाल, काठमाडौं । सप्तरी  काठमाडौं महिला एकता केन्द्रले ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस अवसरमा सम्मान तथा बनभोज कार्यक्रम काठमाडौं जिल्लाको किर्तिपुरको चोभारमा शनिबार सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि को आसनबाट बोल्दै संविधान सभा सदस्य तथा महिला आयोगकी निवर्तमान सदस्य जय घिमिरेले जनसङ्ख्यामा आधाभन्दा धेरै संख्या भएको  महिला भोट खसाल्ने बेलामा भने किन थोरै भन्दै प्रश्न गर्नुभयो ?

अगाडि बोल्दै महिलाहरूको प्रशंसा धेरै हुने तर मतदानमा महिला थोरै रहेको बताउँदै स्थानीय निकाय ,प्रदेश सभा होस या संघीय सांसद ३३% प्राप्त गर्नुछ र नीतिनिर्माण तहमा पुग्नुछ भने पहिले मतदाता तहबाट शुरु गर्नुपर्ने बताउनु भयो ।

हालै निर्वाचन आयोगले महिलाहरूलाई सशक्तीकरण गराउन एउटा विधेयक ल्याएको र त्यो गृहमन्त्रालयमा पुगेको र अब चाङै संसदीय समितिमा छलफल हुने बताउनुभयो । सप्तरीको यो समितिले पनि आफ्नो जिल्लामा  मतदातामा महिलाहरूको नाम खोजीगरी बढाउने काम गरोस् भनी सुझाव दिनुभयो ।

अगाडि बोल्दै प्रमुख अतिथि घिमिरेले श्रमिकहरूले धेरै काम गरे पनि ज्याला भने थोरै पाउने र अझ महिलालाई झन कम्ती ज्याला पाउने भएकोले समान ज्यालाको माग गर्दै र महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले यो ८ मार्च मनाउन थालेको बताउनु भयो ।

त्यसैगरी अर्को अतिथि  PHD  प्राप्त डा: मञ्चला झा ले हिजोको समयमा महिलाहरू जति सम्पन्न परिवारको भए ता पनी शिक्षा क्षेत्रमा छोरीलाई विभेद गरेको र आफूले पनि धेरै सङ्ग्रह पछि यो उपाधि प्राप्त गरेको र सप्तरी एकता केन्द्रले आफूलाई खोजेर सम्मान गरेकोमा आफूलाई धेरै खुसी लागेको भन्दै समितिलाई धन्यवाद दिनुभयो

त्यसैगरी सम्मानित  Mrs.Nepal Idol 2024 कि विजेता सप्तरी काठमाडौं महिला एकता केन्द्रकी कोषध्यक्ष निशु काफ्लेले आफूले Mrs.Nepal Idol जित्न धेरै मिहिनेत गरेको र विजेता भएपछि आफू रहेको समितिले  पहिलो सम्मान गरेकोमा आफूलाई गौरव लागेको बताउँदै  मिहिनेत गरे असम्भव केही नरहेको र विवाह पश्चात पनि महिलाहरूले कठोर मिहिनेत गरे सफलता प्राप्त गर्न सकिन्छ भन्ने एउटा उदाहरण आफू रहेको बताउनु भयो। सप्तरीमा जन्मेर Mrs.Nepal Idol 2024 विजेता हुँदा सप्तरीको नाम राख्न आफू सफल भएको र सप्तरीमा जन्मेको सार्थकता भएको बताउनु भयो ।

अर्की  अतिथि नेपाल निजामती कर्मचारी संगठन कि केन्द्रिय उपाध्यक्ष भवानी न्यौपाने दाहालले महिलाहरूले आफूलाई कहिल्यै हीनताबोध गर्न नहुने बताउँदै महिला आमा ,छोरी ,बुहारी ,श्रीमती र सासू  हुँदै धेरै क्षेत्रमा सङ्घर्ष गर्दै अगाडि बढ्नुपर्ने र अहिले धेरै क्षेत्रमा महिला बढिरहेको तर हरेक तह र तप्काकामा  ५०%  आउँन जरुरी रहेको बताउँदै अझ महिलाहरूमा शिक्षाको कमी ,चेतनाको कमी रहेको बताउँदै ,प्रशिक्षणको आवश्यकता  रहेको बताउनु भयो।

अर्को अतिथि जनमत पार्टीकी केन्द्रिय उपाध्यक्ष ममता झा ले काठमाडौंमा सप्तरीका विभिन्न स्थानमा बसोबास गर्ने ,विभिन्न पेशामा आबद्ध महिलाहरूलाई भेटघाट  गर्ने अवसर जुराइदिएकोमा समितिलाई धेरै धेरै धन्यवाद भन्दै  सप्तरीले शिक्षक , डाक्टर , इन्जिनियर , ओकिल, नेता धेरैलाई जन्माएको र धेरै राम्रो -राम्रो ओहोदामा रहेको र आफू पनि सप्तरीको भएकोमा गौरव लाग्ने बताउनु भयो ।  आफू लामो समयदेखि महिलाहरूको हरेक मुद्दामा सहयोग गर्दै आएको र राजनीति क्षेत्रमा पनि महिलाहरूको सहभागितालाई बढाउन लागेको र नीति निर्माण तहमा महिलाको मुद्दालाई सुनिश्चित गर्न महिलाको संख्या बढाउनु पर्नेमा जोड दिँदै   आएको बताउनु भयो।  आफू सधैँ सप्तरी बासिको साथ र सहयोगमा जुटिरहने बताउनु भयो।

कार्यक्रममा अध्यक्षता ग्रहण गर्नुहुँदै  अध्यक्ष पार्वती राउतले समिति गठन गर्नुको उद्देश्य कुनै राजनीति स्वार्थ नरहेको र सप्तरीबाट काठमाडौं आएर बसोबास गर्ने महिलाहरू बिच बेलाबेलामा भेटघाट गर्ने ,विभिन्न क्षेत्रमा आबद्ध  राजनीति ,शिक्षा ,स्वास्थ्य , मनोरञ्जन सबै क्षेत्रका महिलाहरूको खोजी गरि पहिचान दिलाउने र  सम्मान गर्ने रहेको र यसपटक पनि  सप्तरीका Phd प्राप्त महिलाहरूलाई सम्मान कार्यक्रम राखिएको बताउनु भयो ।

आफू शिक्षा क्षेत्रमा सेवा दिँदै मानवअधिकारको क्षेत्रमा काम गर्दै हाल कानुन व्यावसायी सम्म आइपुग्दा महिला हिंसाका मुद्दा धेरै आउने गरेको र महिलामा शिक्षाको कमी ,चेतनाको कमी र आर्थिक कारण महिला हिंसामा परेको बताउनु भयो । यसका लागि महिलाको पहिलो शिक्षा र दोस्रो चेतनामा वृद्धि हुन जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि घिमिरेले Phd प्राप्त डा: मञ्चला झा  र Mrs. Nepal Idol 2024 लाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो भने अध्यक्ष राउतले शिक्षा क्षेत्रमा अझ वृद्धि होस र महिलाका अधिकारका कुराहरू यसमा उतारियोस भनी संमानित दुवैलाई डायरी प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय  शिक्षक संगठनकि केन्द्रिय सदस्य रिता पोखरेल , लाइन्स क्लब ओन्डर ओमनकि निवर्तमान अदालत कल्पना थापा ,प्राध्यापक गीता सुबेदीले शुभकामना मन्तव्य दिनुभएको थियो र कार्यक्रममा  समितिकी सदस्य उमा पोखरेलले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको उद्घोषण सचिव अम्बिका दहालले गर्नुभएको थियो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?