८ कात्तिक, कञ्चनरुप ।


जनमत पार्टीका कार्यकर्ताले सप्तरी सदरमुकाम राजविराजमा प्रदेश २ का ८ वटै जिल्लामा प्रर्दन गरका छन ।
राजविराजस्थित पार्टी कार्यालयबाट निकालिको र्याली बजार परिक्रमा पश्चात स्थानीय शिव मन्दिरको प्रागंणमा कोणसभामा परिणत गरिएको थियो । कोणसभाका वक्ताहरुले नेता,कार्यकर्ताहरुलाई अविलम्ब निःशर्त रिहाई गर्न माग गरेका छन् ।

सयै गरी जनकपुरधाममा पनि कार्यकर्ताले सिटी जुलुस प्रदर्शन गरेका हुन् । पक्राउ परेका कार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै जनमत पाटीले पूर्व निर्धारित कार्यक्रम अनुसार जुलुस निकालेको हो । जनकपुरधाममा निकालिएको जुलुसले नगर परिक्रमा गरेको थियो ।
जनमत पार्टीले ९ गते पालिकाहरुमा मोटरसाइकल जुलुस, १० गते वडा तहमा कोणसभा र मसाल जुलुस, ११ गते वडास्तरमा प्रशिक्षण चलाउने, १२ गते सदरमुकामहरूमा मसाल जुलुस निकाल्ने कार्यक्रम घोषणा गरेको छ । त्यस्तै १६ गते वडा तथा टोलमा कोणसभा र अन्तरक्रिया कार्यक्रम गरेर जनतासमक्ष आफ्ना मागबारे जानकारी गराउने तथा सर्वपक्षीय जनआन्दोलनसमेत तय गरिने जनमत पार्टीले जनाएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गरेको भन्दै प्रहरीले १७ जनामाथि मुद्दा चलाएको छ ।












